काठमाडौँ । काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ ।
Advertisement
कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुङ्गा प्रहार भएपछि झडप भएको हो ।
अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि तोडफोड भएको छ ।
दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले त्यसको विरोधमा तीनकुनेमा विरोध गरिरहेको छ ।
![]()