• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘डा. जगमान गुरुङले महामन्त्री सिंहबारे भ्रामक अभिव्यक्ति दिए’


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ ।

    Advertisement

    डा. गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर दिएको अभिव्यक्ति सिंहको सन्दर्भमा पूरै कपोलकल्पित भएको मसालले स्पष्ट पारेको छ ।

    प्रवक्ता रामप्रकाश पुरीले बुधबार एक स्पष्टीकरण प्रेसित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको कुरा स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ स्पष्टीकरण
    डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान विजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको जुन अभिव्यक्ति प्रकट भएको छ, त्यसबारे स्पष्टीकरण दिन चाहन्छौँ ।

    सर्वप्रथम, हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको कुरा स्पष्ट गर्न चाहन्छौँ । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध प्रतिगामीहरूले लगातार अभियान चलाउँदै आएका छन् । त्यस सन्दर्भमा प्रतिगमनका विरुद्धको संघर्ष देशको वर्तमान स्थितिमा प्रमुख आवश्यकता बन्न गएको कुरा का. मोहनविक्रम सिंहले लगातार जोड दिँदै आउनुभएको छ । २०८० मंसिर ०५ गते जारी वक्तव्यमा पनि मंसीर ०७ गते प्रतिगामी उद्देश्यका साथ आयोजना गर्न थालिएको प्रदर्शनको विरोध गर्दै उहाँको वक्तव्य प्रकाशित भएको छ । त्यसरी डा. जगमान गुरुङले का. मोहनविक्रम सिंहबारे दिनुभएको अभिव्यक्ति पूरै झुट्टा र कपोलकल्पित भएको कुरा स्पष्ट छ ।

    डा. गुरुङले मोहनविक्रम सिंहले राजा चाहिन्छ भनेको प्रमाणको रुपमा पछिल्लो समयमा जीवनारायण भण्डारीले योहो टेलिभिजनमा मोहनविक्रम सिंहसित लिनुभएको अन्तर्वार्तालाई उल्लेख गर्नुभएको छ । त्यो अन्तर्वार्ताको भिडियो हामीसित पनि सुरक्षित छ र सामाजिक सञ्जाल वा युट्युवमा पनि त्यो अन्तर्वार्ता जो कसैले पनि हेर्न र सुन्न सक्दछन् । त्यो अन्तर्वार्तालाई पूरै हेर्ने वा सुन्ने हो भने पनि त्यहाँ राजा वा राजतन्त्रको विरोध गरिएको कुरा स्पष्ट छ ।

    त्यसरी डा. गुरुङले त्यो अन्तर्वार्तामा मोहनविक्रम सिंहले राजा चाहिन्छ भनेको भनी जुन प्रमाण उल्लेख गर्नुभएको छ, त्यसमा त्यो कुरा कतैपनि नभएकोले डा गुरुङले मोहनविक्रम सिंहबारे जुन अभिव्यक्ति दिनुभएको छ, त्यो पूरै झुट्टा र निराधार भएको कुरा स्पष्ट गर्दछौँ ।

    २०८० मंसीर ०६ गते ।

    रामप्रकाश पुरी
    प्रवक्ता

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.