बागलुङ । राष्ट्रिय जनमोर्चाको ढोरपाटन नगरपालिका वडा नम्ब ६ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजमो वडा समितिको आयोजनामा ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा, संघीयता खारेजी अहिलेको राष्ट्रिय आवश्कता’ भन्ने विषयमा कार्यक्रम सम्पन्न भएको हो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्र्रीय सदस्य तथा राजमो कपिलवस्तु जिल्ला सचिव केरसिंह अदैको प्रमुख आतिथ्यतामा गाडी खोला सामूदायिक भवनमा सम्पन्न कार्यक्रममा अदैले राष्ट्रियता, गणतन्त्र,धर्म निरपेक्षता को रक्षा र संघीयता खारेज बारेमा राष्ट्रिय जनमोर्चाको धारणा प्रस्तुत गर्नु भएको थियो ।
उहाँले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षा तथा संघीयता खारेज अहिलेको मुख्य राजनीतिक विषय भएको बताउनु भयो । साथै, यो मुद्दा सम्पूर्ण नेपाली जनताको मुद्दा भएकोले नेपाली जनता एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा सदस्य ज्ञान बहादुर भण्डारी र निम कुमारी भण्डारीको आतिथ्यता रहेको थियो ।
अखिल नेपाल शिक्षक संघ बाग्लुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत वडा सदस्य ज्ञान बहादुर भण्डारी गर्नु भएको थियो ।
यसैगरी ढोरपाटन नगरपालिका वडा नं ७ मा पनि राष्ट्रिय जनमोर्चा बाट निर्वाचित वडाअध्यक्षको पहलमा वडाका अगुवा, समाजसेवीहरुबीच छलफल कार्यक्रम सम्पन्न भएको छ भने ढोरपाटन नगरपालिका वडा नं ५ को राङमा पनि छलफल सम्पन्न भएको छ ।
राजमो वडा समितिका अध्यक्ष सहबहादुर छन्त्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।