• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रगतिशील देउसीभैलो सम्पन्न भएकोमा मूल प्रवाहद्वारा धन्यवाद ज्ञापन


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । भारतव्यापी रूपमा प्रगतिशील देउसीभैलो सम्पन्न भएकोमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले धन्यवाद ज्ञापन गरेको छ ।

    Advertisement

    अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा नोभेम्बर २०, २०२३ का दिन प्रेसवक्तव्य जारी गर्दै मूल प्रवाहले धन्यवाद ज्ञापन गरेको हो ।
    वक्तव्यमा अध्यक्ष खनालले भारत प्रवासमा प्रगतिशील देउसीभैलोको सुरुआत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको दाबी गर्नुभएको छ ।

    उहाँले विभिन्न पक्षले नेपाली भाषा, संस्कृति संरक्षणको नाममा बुर्जुवा पश्चात्य संस्कृतिलाई अगाडि बढाउने र प्रगतिशील आन्दोलनसामु अवरोध पैदा गर्ने कोसिस गरेको अध्यक्ष खनालले आरोप लगाउनुभएको छ ।

    वक्तव्यमा लेखिएको छ स:
    “भारतका विभिन्न नगरमा नोभेम्बर १२, २०२३ देखि सुरु गरिएको प्रगतिशील–जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न भएका छन् ।

    सामन्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरुद्धमा प्रगतिशील कलासंस्कृतिको प्रचारप्रसारका लागि अहोरात्र खटिनुभएका कलाकार, नेता, कार्यकर्ता एवम् शुभचिन्तकलाई धन्यवाद प्रकट गर्दछौँ । साथै भैलोलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

    मूल प्रवाहले आफ्नो स्थापनाको अर्को वर्ष १९८० देखि विभिन्न सहरमा लगातार प्रगतिशील–जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न गर्दै आएको छ । सुरुआती दिनमा तानाशाही पञ्चायती व्यवस्थाका भरौटे तथा सुराकीका साथै कुसंस्कार, कुरीतिमा हुर्किएको समाजबाट पनि त्यसको प्रतिकार गर्दै देउसीभैलोमाथि आक्रमण गर्नेसम्मका घटनाको सामना गर्दै प्रगतिशील–जनवादी देउसीभैलो कार्यक्रम पनि लगातार अगाडि बढिरहेको छ ।

    २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्तपछि नेपालको राजनीतिक वातावरणमा परिवर्तन भयो । त्यसपछि भारतमा देउसीभैलो कार्यक्रमले व्यापकता लिँदै गएको हो । विगतमा प्रगतिशील–जनवादी देउसीभैलोमाथि आक्रमण गर्नेहरूसमेत अहिले विभिन्न सङ्घसंस्थाको नाममा भैलो कार्यक्रममा सहभागी भएका छन् । साथै अन्य व्यक्तिले पनि नेपाली भाषासंस्कृतिको संरक्षणको नाममा भैलो तथा विभिन्न प्रकारका सांस्कृतिक गतिविधि सञ्चालन गरेका छन् तर उनीहरूले नेपाली समाजमा विद्यमान सामन्ती संस्कार एवम् पाश्चात्य छाडासंस्कृतिलाई समेत अगाडि बढाइरहेका छन् । त्यस प्रकारका कार्यक्रमले नेपालीमा मनोरञ्जन दिएता पनि नेपाली जनताको मुक्तिकामी भावनालाई जान वा अन्जान कुण्ठित बनाउने तथा सचेत राजनीतिक आन्दोलनबाट विमुख बनाउने काम गरेका छन् ।

    सुसंस्कृत समाजका लागि सामाजिक रूपान्तरण पनि महŒवपूर्ण विषय हो । नेपाली समाजमा विद्यमान सामन्ती संस्कार र आगन्तुक पश्चिमी संस्कृतिलाई रूपान्तरण गरी प्रगतिशील–जनवादी संस्कृतिलाई अगाडि बढाउनु आजको आवश्यकता हो । हामी सम्पूर्ण कलाकारलाई आफ्नो कलालाई प्रगतिशील–जनवादी, शोषितपीडित जनताको मुक्तिको पक्षमा अगाडि बढाउन आह्।वान गर्दछौँ ।

    अन्तमा वि।सं। २०८० साल सन् २०२३० को तिहारको उपलक्ष्यमा आयोजना गरिएको प्रगतिशील देउसीभैलो कार्यक्रमलाई आर्थिक, नैतिक एवम् भौतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई पुनस् धन्यवाद ज्ञापन गर्दछौँ ।”

    भारतमा मूल प्रवाह र त्यसअन्तर्गतको सांस्कृतिक विभागको आयोजनामा नोभेम्बर १२ देखि प्रगतिशील देउसीभैलो सम्पन्न भएको थियो ।

    कार्यक्रममा गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो । त्यसका साथै कतिपय नगरमा घरदैलो र शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.