• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राष्ट्रिय जनमोर्चा र रक्तिमको आयोजनामा देशव्यापी प्रगतिशील देउसीभैलो सञ्चालन

"फोटो र भिडियोसहित "

  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानको आयोजनामा देशैभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ । २०८० कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम मङ्सिरको पहिलो हप्तासम्म चल्ने आयोजकहरूले जानकारी गराएका छन् ।

    Advertisement

    देशव्यापी भैलो कार्यक्रमको आयोजक कतै राजमोको केन्द्रीय समिति रहेको छ भने कतै रक्तिमको केन्द्रीय समिति । त्यसैगरी कैयौँ स्थानमा राजमो र रक्तिमका जिल्ला समिति आयोजक रहेका छन् । एवम् प्रकारले कतिपय जिल्लामा पालिका स्तरका राजमो र रक्तिमका समिति आयोजक रहेका छन् ।

    रक्तिमको सांस्कृतिक प्रस्तुति तथा राजमोको वैचारिक अन्तरक्रियासँगै अगाडि बढेको प्रगतिशील भैलोमा पनि विविधता छ । धेरैजसो स्थानमा रक्तिमका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस क्रममा गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिएको छ भने कतै मोबाइल भैलो सञ्चालन भइरहेको छ । कतै भने राजनीतिक भेटघाट, घरदैलो र अन्तरक्रियासँगै भैलो कार्यक्रम चलिरहेको छ ।

    प्रगतिशील देउसीभैलोसम्बन्धी उपर्युक्त गतिविधिको सङ्क्षिप्त रिपोर्ट हामी यहाँ प्रस्तुत गरिरहेका छौँ ।

    काठमाडौँ

    काठमाडौँमा राजमो र रक्तिम जिल्ला समितिको आयोजनमा कात्तिक २६ गतेदेखि प्रगतिशील भैलो कार्यक्रम सञ्चालन भएको छ ।

    कार्यक्रममा वामपन्थी नेता आनन्द शर्मा, रक्तिमका महासचिव हेमराज आश्रम, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनलगायतको नेतृत्वमा टोली क्रियाशील छ । करिब दुई दर्जनजतिको सहभागितामा सञ्चालित उक्त कार्यक्रम बिहान ८ बजेदेखि राती १२ बजेसम्म सञ्चालन भइरहेको छ ।

    टोलीले हालसम्म नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शम्भु थापासहितका चर्चित व्यक्तित्वकहाँ पुगेर भैलो खेलिरहेको छ । राजमो नेता आनन्द शर्माका अनुसार सो कार्यक्रम तिहार भाइटीकाभन्दा पछिसम्म पनि चल्ने छ ।

    कपिलवस्तु

    कपिलवस्तुमा रक्तिम केन्द्रीय समितिको आयोजनमा राजमो कपिलवस्तुको सक्रियतामा कात्तिक २६ गतेदेखि नै प्रगतिशील देउसी भैलो सञ्चालन भइरहेको छ ।

    राजमो जिल्ला सचिव केरसिंह अदैका अनुसार कपिलवस्तुको खरेन्द्रपुरमा उद्घाटन भई सुरु भएको उक्त कार्यक्रम यतिखेर जिल्लाव्यापी रूपमा सञ्चालन भइरहेको छ ।

    टोलीमा रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेलबासे, सचिव केरसिंह अदैलगायतका नेताहरूको नेतृत्व रहेको छ ।

    हप्तादिनअघि नै कार्यक्रमको तयारी गरिएको सो स्थानमा तिहारपछि सम्म पनि प्रगतिशील भैलो कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    रुपन्देही

    रुपन्देहीमा राजमो केन्द्रीय समितिको आयोजना तथा राजमो रुपन्देहीको सक्रिय सहयोगका साथ प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यका अनुसार कार्यक्रममा रक्तिम जिल्ला समितिको नेतृत्वमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

    राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, राजमो सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष आचार्यलगायतको नेतृत्वमा त्यहाँ अभियान सञ्चालन भइरहेको छ ।

    कात्तिक २७ गतेदेखि सुुरु भएको त्यहाँको देउसीभैलो मङ्सिरको पहिलो हप्तासम्मै चल्ने आयोजकले जानकारी दिएको छ । त्यस क्रममा बुटवल, तिलोत्तमा, भैरहवा, सियारी, सैनामैना पालिकामा भैलो खेलिने भएको छ ।

    बागलुङ

    बागलुङमा राजमो र रक्तिमका पालिका समितिहरूको आयोजनमा प्रगतिशील देउसीभैलो खेलिएको छ ।

    त्यहाँ प्रत्येक पालिकाले आफूअनुकूलका निर्णय गरेर कार्यक्रम सञ्चालन गरिएको छ । त्यहाँ कतै कात्तिक २५ गतेदेखि त कतै कात्तिक २६ गतेदेखि देउसीभैलो सुरु भएको थियो । कार्यक्रम तिहारसम्मै चल्ने आयोजकले जनाएको छ ।

    राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेका अनुसार बागलुङका गलकोट, ढोरपाटन, बडिगाड, जैमिनी र निसीखोला पालिकाहरूमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    भैलोमा राजमो र रक्तिमका जिल्ला तथा स्थानीय नेतृत्व र कलाकारहरूको सहभागिता रहेको छ ।

    प्युठान

    प्युठानमा पालिका स्तरमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको छ । राजमो प्रदेश अध्यक्ष बमबहादुर खत्रीका अनुसार प्युठानमा मल्लरानी, स्वर्गद्वारी, झिमरुक र प्युठान पालिकामा भैलो खेलिएको छ ।

    राजमो र रक्तिमका पालिका समितिको आयोजनामा सम्पन्न गरिएको देउसीभैलोमा रक्तिमका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको छ ।

    मल्लरानीको वडा नम्बर २ र ३ का चोरपानी, पर्वत, मुराडाँडालगायतका स्थानमा भैलो खेलिएको छ । यता, स्वर्गद्वारीका १, २, ४, ८ का विभिन्न स्थानमा भैलो खेलिएको छ ।

    त्यस्तै, झिमरुक गाउँपालिकाको ३ र ७ नम्बर वडामा विभिन्न गाउँमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ भने प्युठान नगरपालिकाको वडा नं. ५ मा भैलो कार्यक्रम सम्पन्न भएको छ ।

    भैलो कार्यक्रम तिहार भाइटीकासम्मै सञ्चालन हुने आयोजनले जानकारी दिएका छन् ।

    अर्घाखाँची

    अर्घाखाँचीमा मोबाइल भैलो सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य सागर केसीका अनुसार राजमोका पालिका समितिहरूको आयोजनमा भैलो कार्यक्रम सम्पन्न भएको हो ।

    नेता केसीका अनुसार भूमिकास्थान नगरपालिकाका सबै वडाहरूमा मोबाइल भैलो निरन्तर सञ्चालन भइरहेको छ ।

    त्यस्तै, जिल्लाको मालारानी गाउँपालिकामा राजमोको आयोजनामा भैलो कार्यक्रम सम्पन्न भएको छ ।

    गुल्मी

    गुल्मीमा कात्तिक २७ गतेदेखि प्रगतिशील देउसीभैलो कार्यक्रम सुरु भएको छ । राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीका अनुसार कालिगण्डकी गाउँपालिकाबाट भैलोको सुरुआत भएको हो ।

    उहाँका अनुसार उक्त भैलो कार्यक्रम कालिगण्डकीबाट सत्यवती, छत्रकोट, रेसुरुङ र रुरु पालिकामा पुग्ने छ । भैलो कार्यक्रम मङ्सिरको पहिलो हप्तासम्मै सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो ।

    राजमो गुल्मी आयोजक रहेको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्रीका साथै अखिल नेपाल जनजाति सम्मेलनका कोषाध्यक्ष गुमानसिंह पुन, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया थापा, रक्तिमकी नेतृ उषा थापालगायतको नेतृत्व रहेको छ ।

    दाङ

    दाङमा पालिकास्तरमा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेलका अनुसार त्यहाँ कात्तिक २७ गतेदेखि भैलो कार्यक्रम सुरु भएको हो ।

    तिहारको तेस्रो दिनसम्म चल्ने भनिएको उक्त भैलो कार्यक्रमका आयोजक राजमो र रक्तिमका पालिका समितिहरू रहेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार दाङका घोराही, तुलसीपुर, राप्ती र गढवा पालिकामा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    चितवन

    चितवनमा पाँचदिने कलाकार प्रशिक्षणसँगै प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ । राजमो केन्द्रीय सदस्य डमर पुरीका अनुसार त्यहाँ कात्तिक २४ गतेदेखि नै भैलो कार्यक्रमको सुरुआत भएको हो ।

    आगामी कात्तिक ३० गतेसम्म चल्ने सो कार्यक्रम भरतपुर महानगरपालिकासँगै कालिकानगर, रत्ननगर, लक्ष्मिपुर, चनौलीलगायतका स्थानमा सञ्चालन भइरहेको छ ।

    राजमो र रक्तिम जिल्ला समिति आयोजक रहेको सो भैलोमा केन्द्रीय सदस्य पुरी, रक्तिमका उपाध्यक्ष मोहराज चालिसे, रक्तिमकी नेतृ देवी शर्मा, राजमो जिल्ला अध्यक्ष अमर क्षेत्रीलगायतको नेतृत्व रहेको छ ।

    नवलपुर

    नवलपुर अर्थात् नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा राजमो र रक्तिम जिल्ला समितिको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

    राजमो गण्डकी प्रदेश सदस्य चन्द्र सापकोटाका अनुसार नवलपुरमा भैलो कार्यक्रम कात्तिक २६ गतेदेखि सुुरु भएको थियो भने कात्तिक ३० गतेसम्म चल्ने छ ।

    रक्तिमका कलाकारहरूसमेतको सहभागिता रहेको भैलो कार्यक्रम हुप्सेकोटबाट सुरु भएको थियो । सो कार्यक्रम गैँडाकोटका विभिन्न स्थान हुँदै देउचुली र कावासोतीसम्म पुग्ने आयोजकले बताएको छ ।

    कार्यक्रममा राजमो प्रदेश सदस्य सापकोटाका साथै अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालकराम सापकोटालगायतको नेतृत्व रहेको जानकारी दिइएको छ ।

    नवलपरासी

    नवलरासी (बर्दघाट सुस्तापश्चिम) मा कात्तिक २७ गतेदेखि प्रगतिशील देउसीभैलो सञ्चालन भइरहेको छ । राजमो लुम्बिनी प्रदेश सदस्य तिलक सुवेदीका अनुसार अहिलेसम्म सुनवलका वडा नम्बर १, ४, १० र ३ का विभिन्न स्थानमा भैलो खेलिसकेर टोली वडा नम्बर ५ र ३ तर्फ लागेको छ ।

    उहाँका अनुसार उक्त टोली सुनवल नगरपालिकापछि बर्दघाट नगरपालिकाका विभिन्न स्थानमा भेलो खेल्ने छ ।

    राजमो र रक्तिमका जिल्ला समिति आयोजक रहेको उक्त कार्यक्रममा सुवेदीका साथै रक्तिमका पूर्व अध्यक्ष रेम राना, रक्तिमकै अशोक पुन, राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, जिल्ला सदस्य जितबहादुर पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदी, जिल्ल समितिकी मनरूपा रानालगायतको नेतृत्व रहेको छ ।

    कास्की

    कास्कीमा रक्तिम जिल्ला समितिको आयोजनमा प्रगतिशील भैलो कार्यक्रम सञ्चालन भएको छ । अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीका अनुसार त्यहाँ कात्तिक २७ गतेदेखि भैलो सुरु भएको हो ।

    तिहारसम्मै खेलिने भनिएको सो भैलोमा अधिकारीका साथै तमबहादुर रोका, राजमो विभिन्न नेता र रक्तिमका जिल्ला नेतृत्वको सहभागिता रहेको छ ।

    सो कार्यक्रम पोखराको हेम्जा हुँदै विभिन्न स्थानमा सम्पन्न हुने अधिकारीले युगदर्शनलाई जानकारी दिनुभयो ।

    पर्वत

    पर्वतमा रक्तिम जिल्ला समितिको आयोजनमा तथा राजमो फलेबास नगर समितिको सक्रिय सहयोगमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको छ ।

    राजमो नेता बुद्धि गौडेलका अनुसार पर्वतको फलेबासमा देउसीभैलो कार्यक्रमको उद्घाटन कात्तिक २७ गते भएको थियो । सो कार्यक्रम कात्तिक २९ गतेसम्म चल्ने छ ।

    रक्तिमका जिल्ला अध्यक्ष राजेश भुसाल, राजमो नेताहरू गौडेल, इन्द्रकान्त शर्मा, डोलनाथ भुसाललगायतको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोलीले फलेबास नगरपालिकाको वडा नम्बर ६ र ४ का विभिन्न स्थानमा भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

    सुर्खेत
    कर्णाली प्रदेशको सुर्खेतमा प्रगतिशील देउसीभैलो कार्यक्रम सुरु भएको छ । राजमो नेता रत्नविक्रम प्यासीका अनुसार सुर्खेतको लेकफर्सामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    रक्तिम लेकबेसी पालिकाको सक्रियतामा सुरु भएको सो कार्यक्रममा राजमोका स्थानीय नेताहरूको पनि सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

    बारा

    बारामा राजमो केन्द्रीय प्रतिनिधि हरिकान्त शर्माको नेतृत्वमा जनभेटघाटसहितको भैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

    नेता शर्माका अनुसार कात्तिक २६ गते साँझदेखि बाराका डुमरवाना, रजकट्ठा, अमरा, हात्तिसार, सिमराका विभिन्न स्थानमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    ‘तिहारको शुभकामना कार्ड वितरण गर्दै हामी जनताका घरदैलोमा भेटघाट, अन्तरक्रिया गर्दै हिँडेका छौँ’ राजमो नेता शर्माले युगदर्शनसित भन्नुभयो– ‘भैलोको अवसर पारेर हामीले समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया पनि गरिरहेका छौँ ।’

    टोलीमा राजमो मधेस प्रदेश अध्यक्ष शेरबहादुर कार्की, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, राजमो नेताहरू हेमलाल पौडेल, रमेश भट्टराईलगायतका नेताहरूको सहभागिता रहेको छ ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.