जेरुसेलम । इजरायली आक्रमणका कारण अत्यावश्यक वैकल्पिक जेनेरेटरसमेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजापट्टीमा प्यालेस्टाइनी अस्पतालले सेवा बन्द गरेका छन् ।
Advertisement
‘इजरायली आक्रमण र इन्धन सकिएको कारण अलअहली अस्पतालबाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकेद्राले उल्लेख गरेका छन् ।
अलशिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै बिरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।
आइतबार प्यालेस्टाइनी रेड क्रिसेन्ट सोसाइटी (पिआरसिएस) ले गाजा सहरको अलकुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ । (रासस/सिन्ह्वा)