• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रक्तिम केन्द्रको प्रगतिशील देउसीभैलो कपिलवस्तुमा, खरेन्द्रपुरमा उद्घाटन


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • तौलिहवा । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको प्रगतिशील देउसीभैलो कार्यक्रम–२०८० कपिलवस्तुमा सुरु भएको छ । त्यसको उद्घाटन कपिलवस्तुको खरेन्द्रपुरमा गरिएको छ ।

    Advertisement

    २०८० कात्तिक २६ गते आइतबार रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढाले उद्घाटन गरेसँगै प्रगतिशील देउसीभैलो कार्यक्रम सुरु भएको हो ।

    कार्यक्रमको उद्घाटन अध्यक्ष बुढाले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    सो अवसरमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना, अखिल (छैठौंं) का केन्द्रीय सदस्य रिसव आचार्य, रक्तिम कपिलवस्तुका अध्यक्ष बेगम बुढाको समेत आतिथ्य रहेको थियो ।

    अध्यक्ष बुढाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन रक्तिमका केन्द्रीय सदस्य मानबहादुर नेपालीले गर्नुभएको थियो ।

    कार्यक्रमको सुरुआतमा ज्ञातअज्ञात सहिद तथा जाजरकोट भूकम्पमा ज्यान गुमाएकाप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
    प्रगतिशील देउसीभैलोका लागि कपिलवस्तुमा दुई हप्ताअघिदेखि रिहर्सल सुरु गरिएको थियो । त्यसका लागि रक्तिम केन्द्र र जिल्ला समितिका कलाकारको भेला भएको थियो ।

    रिहर्सलमा रक्तिमका केन्द्रीय अध्यक्ष बुढा, केन्द्रीय सदस्य मञ्जु परिवार, केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना, रक्तिम केन्द्रका दीपक पन्थी, मानबहादुर नेपाली र विकास विष्ट, रक्तिमका जिल्ला अध्यक्ष बुढा, रक्तिमका जिल्ला प्रशिक्षक टिना अदै र सञ्जिला बुढामगरको सहभागिता रहेको थियो ।

    त्यसैगरी, रिहर्सलमा पूजा कुँवर, सावित्री परिवार, बिनिता पौडेल, बिहान अदै, साजन कुँवर, पूजा पोखरेल, भावना पोखरेल, सुशान्त पौडेललगायतका कलाकारको पनि सहभागिता रहेको थियो ।

    रिहर्सलको क्रममा रक्तिमका १५ ओटा उत्कृष्ट गीतमा प्रस्तुतिको तयारी भएको थियो ।

    आइतबार खरेन्द्रपुरमा उद्घाटन भएको एक टोली शिवराज, विजयनगर र कृष्णनगर पालिकाका विभिन्न स्थानमा देउसीभैलो खेल्ने छ । त्यस क्षेत्रको नेतृत्व राजमो जिल्ला सचिव केरसिंह अदै र राजमो जिल्ला कोषाध्यक्ष केहरसिंह पुनमगरले गर्नुहुने छ ।

    बुद्धभूमि नगरपालिकामा खेलिने टोलीको नेतृत्व राजमो जिल्ला सदस्य नरबहादुर घर्तीमगर, डिलाराम भुसाल र मीना पोखरेलले गर्नुहुने छ ।

    वाणगङ्गा नगरपालिकामा सञ्चालन हुने भैलो टोलीको नेतृत्व राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, उपाध्यक्ष दलबहादुर कुँवर, जिल्ला सचिवालय सदस्य माधव भाटक्षत्री र ऋषिराम पोखरेलले गर्नुहुने छ ।

    कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा सम्पन्न हुने भैलो टोलीको नेतृत्व अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल र राजमो वरिष्ठ सदस्य दधिराम आचार्यले गर्नु हुने छ ।

    देउसीभैलो कार्यक्रम तिहारको भोलिपल्टसम्म खेलिने राजमो जिल्ला सचिव अदैले जानकारी गराउनुभयो ।

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.