चिदम्बरम (भारत) । भारतको तमिलनाडुस्थित चिदम्बरममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील देउसीभैलो सम्पन्न भएको छ ।
Advertisement
नोभेम्बर १०, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शर्माले मैनबत्ती बालेर गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि शर्माका साथै केन्द्रीय सदस्य जनकराज पौडेल, भगवती कुँवर र बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा र विष्णु शर्मा, महिला विभागबाट दुर्गादेवी हमाल, पान्डिचेरी नगर समितिबाट भद्रबहादुर जिसी, रक्तिम सांस्कृतिक अभियानबाट रवि पौडेलले मन्तव्य राख्नुभएको थियो ।
हेम बिजीको उद्घोषक तथा मोहराज शर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा नगर उपाध्यक्ष सूर्यमान गिरी र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

