परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका वडा नम्बर ५ बन्डाघोलामा अखिल नेपाल महिला सङ्घको दोस्रो नगर भेला सम्पन्न भएको छ ।
ऐतिहासिक तीन अभियानअन्तर्गतको विशेष सङ्गठनात्मक अभियान–२०८० कार्यक्रमको सिलसिलामा २०८० कात्तिक २३ गते बिहीबार सो भेला सम्पन्न भएको हो ।
महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता शोभादेवी लामिछानेले र स्वागत बिमला रानाले गर्नुभएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य तिलक सुवेदी, राजमो जिल्ला सदस्यहरू शोभाकान्त लामिछाने र चूडामणि शर्मा र राजमो बर्दघाट नगर कोषाध्यक्ष तारक केसीको पनि आतिथ्य रहेको थियो ।
भेलाले शोभादेवी लामिछाने अध्यक्ष रहनुभएको नौ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिमला राना, सचिवमा सीता जैसी र कोषाध्यक्ष उषा क्षेत्री रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा हेमा रोका, निलम बुढामगर र सरिता पोख्रेल रहनुभएको छ । सदस्यको दुई स्थान हाललाई रिक्त राखेको छ ।
एवम् प्रकारले सल्लाहकारहरूमा सीमा काफ्ले, गीता पोख्रेल र टीकादेवी चालिसे रहनुभएको छ ।
वडासमिति पनि
भेलाले सीता जैसी अध्यक्ष रहनुभएको सात सदस्यीय वडा समिति पनि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा निलम बुढामगर, सचिवमा सरिता पोखरेल र कोषाध्यक्षमा उषा क्षेत्री रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा टीकामाया चालिसे, राधिका केसी र देवीमाया भण्डारी रहनुभएको छ ।
भेलाले सल्लाहकारहरूमा शोभादेवी लामिछाने, धनमाया विक, मीना सुवेदी र मायादेवी कार्की रहनुभएको छ ।