रवि पौडेल ##
Advertisement
तिहारको मुखमा भूकम्प आयो
राहत मिलेन अचाक्ली भयो
महङ्गी उस्तै बजारभाउ बढ्यो
नेतालाई के भो हेलिकप्टर चढ्यो
टीका थाप्ने निधार एअरपोर्टमा लाइन छ
नेतालाई संसद भवनमा चयन छ
टीका लाउने दिन दाजुभाइ विदेश
घरमा छन दिदीबहिनी असाध्यै निराश
गरिबलाई किन चाडबाड आउँछ
जीवन धान्न खाडी नै धाउँछ
सरकारले पेलेरै सम्झौता गर्छ
ज्युँदो आउन निकै नै धौ छ
चाडबाडको रन्को मार्दछन् फन्को
नेताहरू खान्छन् घुमी घुमी
गरिब सधैँ छाप्रोमुनि
अवस्था परिवर्तन भएन अनि
व्यवस्था होइन अवस्था बदलौँ
हाम्रोलाई होइन, राम्रोलाई चुनौँ
यो कुरा सबैले मनमा गुनौँ
भ्रष्टाचारी दलाललाई चिनेर हिँडौँ
(नोभेम्बर ८, २०२३)