• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना


  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
  • सोल । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गर्नुभएको छ ।

    Advertisement

    अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ ।

    जापानमा जी–७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा हुनुहुन्छ । उहाँले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गर्नुभएको छ । ‘उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ’, राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिङ्केनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ ।’

    इजराइल–हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिङ्केनले एसियाली मुलुकको भ्रमण गर्नुभएको हो । यसअघि बिहीबार ब्लिङ्केनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गर्नुभएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    पहिलाको आणविक हतियार र मिसाइल कार्यक्रम एवं युक्रेनमाथि आक्रमणलाई लिएर ऐतिहासिक सहयोगी रुस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् । विशेषगरी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीहरूका लागि चिन्ताका विषय बनेको छ ।

    अन्तरिक्षमा सैन्य जासुसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रुसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रुसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ । टोक्योमा ब्लिङ्केनले भन्नुभएको थियो, ‘प्योङयाङबाट रुसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौँ ।’

    उत्तर कोरियाले रुसलाई हतियार पठाइरहेको छ भन्ने ‘कुनै प्रमाण’ नभएको क्रेमलिनले गत महिना बताएको थियो ।

    ‘उत्तर कोरिया र रुसबीचको यो नयाँ सहयोगलाई ध्यानमा राख्दै दक्षिण कोरियाले अमेरिकी समर्थनको प्रदर्शन र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरूलाई कायमै राख्नका लागि अमेरिकी प्रतिबद्धतालाई एक पटक पुन: पुष्टि गर्न चाहन्छ’, सोल नेसनल युनिभर्सिटीका प्राध्यापक बेन्जामिन ए एङ्गेलले एएफपीलाई भन्नुभयो, ‘यो भ्रमण यस्तै गर्नका लागि डिजाइन गरिएको हो ।’

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.