काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान कतारका हुमाकान्त आचार्य र विकले प्रगतिशील सोरठी गीत “सानोमा मुलुक” भिडियो एल्बम सार्वजनिक गर्नुभएको छ ।
Advertisement
“क्षितिजपारिको सन्देश” नामक युट्युब च्यानलबाट नोभेम्बर १, २०२३ का दिन उक्त भिडियो एल्बम सार्वजनिक भएको हो ।
आचार्यकै निर्देशन, शब्द र अभिनय रहेको एल्बममा स्वर दिलबहादुर विक र निर्मला आचार्यको रहेको छ । विकले सोरठीको लयसमेत सिर्जना गर्नुभएको छ ।
एल्बममा सङ्गीत संयोजन नारायण दङ्गालले गर्नुभएको छ ।
भिडियो एल्बममा आचार्यका साथै अनन्त आचार्य, हरि बस्नेत, श्रवण मल्ल, नारायण गुरुङ, सरिता आचार्य, सुशीला आचार्य, बबिता आचार्य र एलिसा आचार्यले अभिनय गर्नुभएको छ ।