काठमाडौँ । इजरायली साम्राज्यवादले प्यालेस्टाइनको गाजापट्टीमा गरिरहेको नरसंहारको विरुद्धमा राष्ट्रिय जनमोर्चा काठमाडौँले विरोध प्रदर्शन गर्ने भएको छ ।
Advertisement
२०८० कात्तिक २० गते सोमबार काठमाडौँको शान्तिवाटिकामा दिउसो ३ बजे उक्त कार्यक्रम हुन लागेको हो ।
राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेका अनुसार उक्त विरोधसभाका प्रमुख वक्ता महासचिव मनोज भट्ट हुनुहुने छ ।
अध्यक्ष बेलबासेका अनुसार उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका राजमो नेताकार्यकता तथा शुभचिन्तकहरूको व्यापक सङ्ख्यामा उपस्थिति रहने छ ।
इजरायलले हमास आक्रमणको बहानामा अक्टोबर ७, २०२३ तदनुसार २०८० कात्तिक २० गतेदेखि प्यालेस्टाइनको गाजापट्टीमा निर्मम आक्रमण गरिरहेको छ । आक्रमबाट हजारौँ प्यालेस्टाइनी तथा इजरायली सर्वसाधारणसमेतको मृत्यु भएको छ ।