• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बडादसैँ गयो, तिहार आयो, दुखीको घर अँध्यारोको अँध्यारै


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • धनवीर पुनमगर ##

    Advertisement

    हिन्दु धर्मावलम्वीको महान् चाडको रूपमा परिचित बडादसैँ भर्खरै बिदा भई तिहार घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन आदिका लागि टाढा टाढा पुगेकाहरू बडादसैँ मनाउन थातथलो फर्किएका कैयौँ पुन: आफ्नो दैनिकीका लागि फर्किसकेका छन् भने कतिपय तिहारको पर्खाइमा गाउँघरमै छन् ।

    परदेशीको आगमनले परिवारभित्र मात्रै सीमित नभएर गाउँटोलमा नै छाउने उल्लास यसपटक उनै परदेशीका परिवारमा पनि छाएन । जेनतेन घर सिँगारिए; सफासुग्घर बनाइए; घरआँगन रङ्गीन भए तर घरमुलीको अनुहार मलिन नै रह्यो ।

    विगतका वर्षमा अधिक किनबेच हुने भएकाले बडादसैँले बजारलाई समेत चलायमान बनाउँथ्यो । घुमफिर गर्ने संस्कारको रूपमा पनि स्थापित हुँदै गएको बडादसैँ यो वर्ष भने ठिङ्ग उभिइरह्यो । नमनाउने र मनाउन नमिल्ने अवस्थाका परिवार बडादसैँ बिदामा घुम्न टाढासम्म निस्कने गरेको देखिन्थ्यो विगतमा । यो वर्षको बडादसैँ रावणको पुत्ला जस्तै उभिरह्यो, जसको आभास जोकसैले पनि गर्न सक्थ्यो । बजार मौन, मन्दिर मौन, पर्यटकीय स्थल मौन, टीकाटालाका दौरानमा हुने दक्षिणा पनि मौन, समग्रमा भन्नुपर्दा खल्ती नै मौन, जसको मारले बडाबडादसैँ नै मौन ।

    बडादसैँ टीकाको दिन घरघरमा पहेँलपुर जमरा आफैमा मुर्झाएका थिए । किनमेलमै मुर्झाएको बडादसैँ नवरात्रीभरि नै अँध्यारो मुख लगाइरह्यो । उज्याला थिए त केवल निर्जीव मूर्तिहरू, जसलाई विभिन्न शक्तिपीठका नाममा पूजाआराधना गर्ने र बत्ती सल्काउनेसम्मको कार्य भएका थिए । यसको मुख्य कारण थियो पुँजीवाद । पुँजीवादले बजारलाई काल्पनी दुर्गादेवीले महिसासुर राक्षसलाई वध गरे जस्तै गरी नाङ्गो रूपमा शोषणरूपी हतियारले गरिबदुखी, निमुखाको वध गरिरहेको थियो, जसको उदाङ्गो रूप यातायात पनि देखिन्थ्यो ।

    यातायात व्यवसायीले सहरदेखि गाउँ फर्कनेसँग मनोमानी भाडा असुलिरहेका थिए । सामानको भाडा, यात्रीको भाडा गरी प्रतिव्यक्ति दिन दुई गुना, रात चौगुनाको रूपमा असुल गरिरहेका थिए । त्यो दृष्यले लाग्थ्यो, देशमा व्यापारी र हुनेखानेहरू नाङ्गो नाच नाचिरहेका छन्, अरू सबै मूकदर्शक बनिरहेका छन् । आउजाउ गर्नेहरूको चाप बढी हुने यही बेलालाई यातायात व्यवसायीले कमाउने मौकाको रूपमा लिन्छन् । सरकारले प्रभावकारी रूपमा अनुगमन, नियमन गरेर उपभोक्तालाई हरसम्भव राहत दिने प्रयास गर्नुपर्ने हुन्छ तर चाडपर्वको बेला यात्रुको सुरक्षालाई सामान्य ध्यान दिनसमेत राज्य गम्भीर देखिँदैन ।

    चाडपर्व मनाउन घर जाने र फर्कने क्रममा यात्रुको चाप बढी हुने भएकाले यातायात व्यवसायीले यात्रु कोचेर थोत्रो गाडीसमेत चलाइरहेका हुन्छन् । जतिसक्दो बढी खेप लगाउने होडमा चालकले राम्ररी आरामसमेत नगरी गाडी कुदाइरहेका हुन्छन्, जसको मारबाट आम सर्वसाधारण नै पिल्सिनुपरेको हुन्छ । यो अवधिमा हुने दुर्घटनाले चाडपर्वलाई खुसियालीभन्दा पनि दु:खको पहाडको रूपमा स्वीकार्नुपर्ने बाध्यता नेपालीको लागि नियती नै भएको छ ।

    सकेसम्म राम्रो लगाएर, मिठोमसिनो खाएर आफ्ना दु:खपीडा भुल्दै रमाइलोसँग बडादसैँ मनाउने सबैको चाहना हुन्छ । यो वर्ष पनि कैयौँका घरमा बडादसैँ दसाको रूपमा सहनुपर्‍यो । अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हुकुमत चलाउने क्रममा विभिन्न मुलुकमा कैयौँ निमुखाले अनाहकमै ज्यान गुमाउनुपरेको छ । साम्राज्यवादले आफ्नो क्रिडास्थलको रूपमा प्रयोग गर्दै आएको गाजा र इजरायलबिचको युद्धको मार यसपटक हामी नेपालीले पनि खेप्नुपर्‍यो । अध्ययनका लागि इजरायल गएका १० जना विद्यार्थीले बडादसैँकै मुखमा अनहाकमै ज्यान गुमाए । त्यसले पनि कैयौँका घरमा बडादसैँको रौनकभन्दा पनि मृत्युको शोक छायो । दु:खको पीडामा डुबेका सजल नेत्र देख्दा कैयौँ छिमेकीले पनि बडादसैँ मनाउन पाएनन् तर आर्थिक अवस्था कमजोर भएका मानिसका लागि बडादसैँले तनाव नै दिइरह्यो । त्यसमाथि आउँदै गरेको तिहार पनि कम्ती चिन्ताको विषय छैन ।

    हुन त तिहार आफैमा चिन्ता हैन, बढ्दो महङ्गी र त्यसको मार नै चिन्ता हो । त्यसैले देखासिकी खर्चिलो हुनेभन्दा पनि गच्छेअनुसार मितव्ययी ढङ्गले मनाउने गरे सबै पर्व रमाइलो हुने थियो तर कतिपय व्यापारी–व्यवसायीले बढी किनमेल हुने चाडको मौका पारेर मूल्य, गुणस्तर र तौलमा ठग्ने प्रवृत्ति पनि कम्ती समस्या छैन । यसतर्फ राज्यले चाडपर्व सर्वसाधारणले पनि मनाउन सक्ने गरी बजार व्यवस्थापन गरे जनताले वर्षको एकदुई दिन मात्रै भए पनि खुसियालीको अनुभूति गर्न पाउने थिए ।

    खाद्य सामग्रीलगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिइरहेको छ । गरिब त यसै गरिब नै भए, सहरिया निम्न तथा मध्यमवर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै लगिरहेको देखिन्थ्यो । अनौठो के छ भने यति साह्रो महङ्गी बढ्दा पनि राजनीतिक तथा सामाजिक मुद्दामा मुखर भएर बोल्ने एकाध पार्टीबाहेक विभिन्न सामाजिक तप्कासमेत लामो समयदेखि मौन छ ।

    एकातर्फ राज्यले न्यूनतम सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन भने अर्कोतर्फ, सामाजिक सुरक्षाबाट वञ्चित समुदायको आफ्नो बलियो आवाज पनि छैन, न त उनीहरूको पक्षमा कुनै सरोकारवाला अभियन्ताले मुखर भएर बोल्न सकेका छन् । त्यसकारण शोषण, दमन, अन्याय अत्याचारमा पिल्सिएकाहरू एकजुट भई सबै खाले अन्यायका विरुद्ध सङ्गठित आन्दोलनमा अगाडि बढ्नुको विकल्प छैन ।

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.