• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बडादसैँ गयो, तिहार आयो, दुखीको घर अँध्यारोको अँध्यारै


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • धनवीर पुनमगर ##

    Advertisement

    हिन्दु धर्मावलम्वीको महान् चाडको रूपमा परिचित बडादसैँ भर्खरै बिदा भई तिहार घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन आदिका लागि टाढा टाढा पुगेकाहरू बडादसैँ मनाउन थातथलो फर्किएका कैयौँ पुन: आफ्नो दैनिकीका लागि फर्किसकेका छन् भने कतिपय तिहारको पर्खाइमा गाउँघरमै छन् ।

    परदेशीको आगमनले परिवारभित्र मात्रै सीमित नभएर गाउँटोलमा नै छाउने उल्लास यसपटक उनै परदेशीका परिवारमा पनि छाएन । जेनतेन घर सिँगारिए; सफासुग्घर बनाइए; घरआँगन रङ्गीन भए तर घरमुलीको अनुहार मलिन नै रह्यो ।

    विगतका वर्षमा अधिक किनबेच हुने भएकाले बडादसैँले बजारलाई समेत चलायमान बनाउँथ्यो । घुमफिर गर्ने संस्कारको रूपमा पनि स्थापित हुँदै गएको बडादसैँ यो वर्ष भने ठिङ्ग उभिइरह्यो । नमनाउने र मनाउन नमिल्ने अवस्थाका परिवार बडादसैँ बिदामा घुम्न टाढासम्म निस्कने गरेको देखिन्थ्यो विगतमा । यो वर्षको बडादसैँ रावणको पुत्ला जस्तै उभिरह्यो, जसको आभास जोकसैले पनि गर्न सक्थ्यो । बजार मौन, मन्दिर मौन, पर्यटकीय स्थल मौन, टीकाटालाका दौरानमा हुने दक्षिणा पनि मौन, समग्रमा भन्नुपर्दा खल्ती नै मौन, जसको मारले बडाबडादसैँ नै मौन ।

    बडादसैँ टीकाको दिन घरघरमा पहेँलपुर जमरा आफैमा मुर्झाएका थिए । किनमेलमै मुर्झाएको बडादसैँ नवरात्रीभरि नै अँध्यारो मुख लगाइरह्यो । उज्याला थिए त केवल निर्जीव मूर्तिहरू, जसलाई विभिन्न शक्तिपीठका नाममा पूजाआराधना गर्ने र बत्ती सल्काउनेसम्मको कार्य भएका थिए । यसको मुख्य कारण थियो पुँजीवाद । पुँजीवादले बजारलाई काल्पनी दुर्गादेवीले महिसासुर राक्षसलाई वध गरे जस्तै गरी नाङ्गो रूपमा शोषणरूपी हतियारले गरिबदुखी, निमुखाको वध गरिरहेको थियो, जसको उदाङ्गो रूप यातायात पनि देखिन्थ्यो ।

    यातायात व्यवसायीले सहरदेखि गाउँ फर्कनेसँग मनोमानी भाडा असुलिरहेका थिए । सामानको भाडा, यात्रीको भाडा गरी प्रतिव्यक्ति दिन दुई गुना, रात चौगुनाको रूपमा असुल गरिरहेका थिए । त्यो दृष्यले लाग्थ्यो, देशमा व्यापारी र हुनेखानेहरू नाङ्गो नाच नाचिरहेका छन्, अरू सबै मूकदर्शक बनिरहेका छन् । आउजाउ गर्नेहरूको चाप बढी हुने यही बेलालाई यातायात व्यवसायीले कमाउने मौकाको रूपमा लिन्छन् । सरकारले प्रभावकारी रूपमा अनुगमन, नियमन गरेर उपभोक्तालाई हरसम्भव राहत दिने प्रयास गर्नुपर्ने हुन्छ तर चाडपर्वको बेला यात्रुको सुरक्षालाई सामान्य ध्यान दिनसमेत राज्य गम्भीर देखिँदैन ।

    चाडपर्व मनाउन घर जाने र फर्कने क्रममा यात्रुको चाप बढी हुने भएकाले यातायात व्यवसायीले यात्रु कोचेर थोत्रो गाडीसमेत चलाइरहेका हुन्छन् । जतिसक्दो बढी खेप लगाउने होडमा चालकले राम्ररी आरामसमेत नगरी गाडी कुदाइरहेका हुन्छन्, जसको मारबाट आम सर्वसाधारण नै पिल्सिनुपरेको हुन्छ । यो अवधिमा हुने दुर्घटनाले चाडपर्वलाई खुसियालीभन्दा पनि दु:खको पहाडको रूपमा स्वीकार्नुपर्ने बाध्यता नेपालीको लागि नियती नै भएको छ ।

    सकेसम्म राम्रो लगाएर, मिठोमसिनो खाएर आफ्ना दु:खपीडा भुल्दै रमाइलोसँग बडादसैँ मनाउने सबैको चाहना हुन्छ । यो वर्ष पनि कैयौँका घरमा बडादसैँ दसाको रूपमा सहनुपर्‍यो । अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हुकुमत चलाउने क्रममा विभिन्न मुलुकमा कैयौँ निमुखाले अनाहकमै ज्यान गुमाउनुपरेको छ । साम्राज्यवादले आफ्नो क्रिडास्थलको रूपमा प्रयोग गर्दै आएको गाजा र इजरायलबिचको युद्धको मार यसपटक हामी नेपालीले पनि खेप्नुपर्‍यो । अध्ययनका लागि इजरायल गएका १० जना विद्यार्थीले बडादसैँकै मुखमा अनहाकमै ज्यान गुमाए । त्यसले पनि कैयौँका घरमा बडादसैँको रौनकभन्दा पनि मृत्युको शोक छायो । दु:खको पीडामा डुबेका सजल नेत्र देख्दा कैयौँ छिमेकीले पनि बडादसैँ मनाउन पाएनन् तर आर्थिक अवस्था कमजोर भएका मानिसका लागि बडादसैँले तनाव नै दिइरह्यो । त्यसमाथि आउँदै गरेको तिहार पनि कम्ती चिन्ताको विषय छैन ।

    हुन त तिहार आफैमा चिन्ता हैन, बढ्दो महङ्गी र त्यसको मार नै चिन्ता हो । त्यसैले देखासिकी खर्चिलो हुनेभन्दा पनि गच्छेअनुसार मितव्ययी ढङ्गले मनाउने गरे सबै पर्व रमाइलो हुने थियो तर कतिपय व्यापारी–व्यवसायीले बढी किनमेल हुने चाडको मौका पारेर मूल्य, गुणस्तर र तौलमा ठग्ने प्रवृत्ति पनि कम्ती समस्या छैन । यसतर्फ राज्यले चाडपर्व सर्वसाधारणले पनि मनाउन सक्ने गरी बजार व्यवस्थापन गरे जनताले वर्षको एकदुई दिन मात्रै भए पनि खुसियालीको अनुभूति गर्न पाउने थिए ।

    खाद्य सामग्रीलगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिइरहेको छ । गरिब त यसै गरिब नै भए, सहरिया निम्न तथा मध्यमवर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै लगिरहेको देखिन्थ्यो । अनौठो के छ भने यति साह्रो महङ्गी बढ्दा पनि राजनीतिक तथा सामाजिक मुद्दामा मुखर भएर बोल्ने एकाध पार्टीबाहेक विभिन्न सामाजिक तप्कासमेत लामो समयदेखि मौन छ ।

    एकातर्फ राज्यले न्यूनतम सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन भने अर्कोतर्फ, सामाजिक सुरक्षाबाट वञ्चित समुदायको आफ्नो बलियो आवाज पनि छैन, न त उनीहरूको पक्षमा कुनै सरोकारवाला अभियन्ताले मुखर भएर बोल्न सकेका छन् । त्यसकारण शोषण, दमन, अन्याय अत्याचारमा पिल्सिएकाहरू एकजुट भई सबै खाले अन्यायका विरुद्ध सङ्गठित आन्दोलनमा अगाडि बढ्नुको विकल्प छैन ।

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.