• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना भाइरसको सन्त्रासले देशभरका मठ मन्दिर सुनसान


  •   शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए ।

    Advertisement

    चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर नबस्न आग्रह गरेपछि बिहीबारदेखि नै पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि शुरु भएको देशोद्धार पूजा, बज्रेश्वरी, वत्सलेश्वरी जात्रामा पनि विगत वर्षभन्दा कम भक्तजनको उपस्थिति छ ।

    यसैगरी गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मठ मन्दिरमा भक्तजनको कम उपस्थिति छ । देशोद्धार पूजा एवं जात्रामा पनि विधि पूरा गर्ने गरी कमभन्दा कम मानिसलाई उपस्थित हुन कोषले आह्वान गरेको छ । मैतीदेवी मन्दिर परिसरमा एक महिनाअघि नै पूजा एवं भोजका लागि सत्तल पक्का गरेका भक्तजनले कोरोनाको सन्त्रासका कारण वैशाख अन्तिम साता गर्ने गरी स्थगन गरेका छन् ।

    यसैगरी बौद्धनाथ चैत्यलगायत बौद्ध क्षेत्रका गुम्बामा पनि थोरै भक्तजको उपस्थिति छ । बौद्धको घ्योइलिसाङ उद्यानमा जम्मा हुने मानिस पनि कम छन् । चावहिलको धन्दो चैत्य परिसरमा कमै मानिस छन् । यहाँ सामान्य अवस्थामा आराम गरेर बस्नेको भीड देखिन्थ्यो । विद्यालयलगायत शैक्षिक संस्था बन्द भए पनि प्रायः सबै बालबालिका गाउँ गएका छन् । राजधानीमै रहेका बालबालिका पनि घर बाहिर निस्किएका छैनन् ।

    राजधानी सुनसान बन्दै गएको छ । यातायातका साधन कम गुडेका छन् । सार्वजनिक यातायातमा सिट क्षमताअनुसार मात्र यात्रु राख्न सरकारले निर्देशन दिएको छ । ट्राफिक प्रहरीले सडकमा यसको अनुगमन गरेको देखिन्छ । केही सवारीले भने बुधबार अघि जस्तै गरी कोचाकोच गरेर यात्रु चढाइरहेका छन् । प्रहरीले कारबाही नगरेसम्म सिटभन्दा बढी यात्रु राख्न नछोड्ने देखिन्छ । सार्वजनिक यातायातमा जारी भीडले जोखिम बढ्ने देखिन्छ ।

    शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.