• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी साम्राज्यवादको बलमा गाजापट्टिमा नरसंहार भइरहेको मसालको ठहर


  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले गाजापट्टिमा प्यालेस्टाइनी जनतामाथि भइरहेको अत्याचारका विरुद्ध विश्वव्यापी रूपमा आवाज उठाउन आह्वान गरेको छ।

    Advertisement

    गाजापट्टिमा भइरहेको इजरायली हमला र प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा देशव्यापी रूपमा आवाज उठाउनका पनि मसालले न्यायप्रेमी जनतासित अपिल गरेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार एक वक्तव्य प्रकाशित गरी गाजापट्टिमा इजरायलद्वारा भइरहेको नरसंहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

    कार्तिक १४ गते बसेको ने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठकपछि महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा अमेरिकी साम्राज्यवादको बलमा गाजापट्टिमा नरसंहार भइरहेको बताइएको छ।

    यस्तो छ वक्तव्य
    २०८० कार्तिक १४ गते बसेकोने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठकले विभिन्न विषयमा निणर्य गर्नुको साथै इजरायल तथा प्यालस्ेटाइन युद्धको पछिल्लोअवस्थाबारे समीक्षा समेत गरेको छ । त्यस सम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    गाजापट्टिमा इजरायलद्वारा भइरहेको नरसंहारप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यानाकर्षण भएको छ । त्यस प्रकारको बर्बर आक्रमण इजरायलद्वारा नैभइरहेको छ । त्यसले त्यस प्रकारको आक्रमण अमेरिकी साम्राज्यवादको बलमा नै गरिरहेको छ । त्यसैलेआज गाजापट्टिमा जुन नरसंहार भइरहेको छ, त्यसका लागि मुख्य रूपलेअमेरिकी साम्राज्यवाद नैजिम्मेवार छ । योविडम्बना नैहोकि जुन अमेरिकाले मानवअधिकारको चर्को कुरा गर्दछ, त्यसलेनै इजरायलद्वारा भइरहेको त्यस प्रकारको अमानवीय कारवाही र बर्बर आक्रमणलाई समर्थन गरिरहेको छ ।

    इजरायलले गाजापट्टिमा जनु नरसंहार गरिरहेकोछ, त्यसकोलागि त्यसले हमासलाई नैजिम्मेवार ठान्दछ । त्यसकोतर्क योछ कि हमासको ७ अक्टुवरको कारवाहीका कारणले नैत्यसले गाजापट्टिमा त्यसप्रकारको आक्रमण गर्नुपरेको हो।

    निश्चय नै, हमासद्वारा ७ अक्टवुरमा इजरायलका निर्दोष र निशस्त्रज जनतामाथि गरेको कारवाहीलाई हामीले सही मान्दैनौँ । त्यस सन्दर्भमा नेपाली १० जना विद्यार्थी सहित ठूलो संख्यामा निशस्त्र जनताको हत्या गरिएको थियो र इजरायलसहित कैयाँै देशका मानिसहरूलाई अपहरण गरेर बन्धक बनाइएको थियो। त्यस सिलसिलामा नेपालका विपिन जोशीको स्थिति पनि अहिलेसम्म अज्ञात रहेको छ । उनलाई पनि अपरण गरेर राखिएको छ वा उनको अवस्था के छ ? त्यसबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । हमासको त्यस प्रकारको कार्यविधिलाई हामीले आतंकवादी र गलत नै मान्दछौँ। हमासलेप्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको सच्चा प्रतिनिधित्व गर्दैन । त्योइस्लामिक आतंकवादी संगठन हो। त्यस प्रकारको गलत ्रणालीले प्यालेस्टाइनी जनताको मुक्ति आन्दाले नलाई धेरैनैबदनाम र कमजोर पनि बनाएको छ ।

    हमासले यस आधारमा आफ्नो आतंकवादी गतिविधि सही भएकोदाबी गर्न सक्दछ कि इजरायलको सरकारले प्यालेस्टाइनका निरपराध जनता, महिला वा केटाकेटीहरुलाई पनि त्यही प्रकारले ठूलो संख्यामा निर्मम हत्या गर्ने गरेको छ । तर इजरायलपक्षको त्यस प्रकारको कार्यविधिको हामीले कडा शब्दमा विराधे वा भ्रत्र्सना गर्दछौँ । तर त्यसको आधारमा इजरायलका जनता वा त्यहाँ बसोवास गर्ने विदेशी नागरिकहरुप्रतिको आतंकवादी कार्यिवधिलाई कुनै पनि
    अवस्थामा सही भन्न सकिन्न ।

    इजरायलकोसरकार एउटा फासीवादी, प्रतिक्रियावादी तथा अमेरिकी साम्राज्यवादको कठपुतली सरकार हो। त्यो सरकारद्वारा स्वयम् त्यहाँका जनता पनि पीडित छन्र उनीहरुले पनि त्यो सरकारका विरुद्ध लगतार संघर्ष गरिरहका छन्। यो कुरा पनि प्रष्ट छ कि त्यहाँको सरकारले त्यहाँका जनताको हितमा होइन, अमेरिकी साम्राज्यवादको पक्षमा नै काम गरिरहेको छ । त्यसकारण त्यहाँका जनताको हित पनि अमेरिकी साम्राज्यवादबाट मुक्ति र त्यहाँको प्रतिक्रियावादी सरकारको अन्त्यमा नैछ । त्यस अर्थमा प्यालेस्टाइनी तथा इजरायली जनताका आधारभूत हितमा कुनैमतभेद छैन ।

    साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले नै प्यालस्ेटाइनी र इजरायली जनताका बिचमा कृत्रिम प्रकारले भेदभाव र वैमनस्यता पैदा गर्ने काम गरेका छन्र उनीहरुकोबिचमा लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध वा यद्धुकोस्थिति पनि तयार हुँदै आएको छ । तयार हुँदै आएको छ । सच्चा वामपन्थी, प्रजातान्त्रिक र राष्ट्रिय मुक्ति आन्दोलनबाट नै उनीहरूको बिचमा सच्चा भाइचारा सम्बन्ध कायम हुनेछ र हुनु पनि पर्दछ ।

    प्यालेस्टाइनी जनतालाई आफ्नो मातृभूमिलाई मुक्त गर्ने र त्यहाँ बसोबास गर्ने न्यायपूर्ण अधिकार छ । इजरायली सरकारले उनीहरूलाई उनीहरूको न्यायपूर्ण अधिकार वा मातृभूमिबाट बञ्चित गर्ने जुन कार्य गरिरहेको छ, त्यसका विरुद्ध संघर्ष गर्ने उनीहरूलाई पूर्ण अधिकार छ । तर संसारभरका साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिहरूले उनीहरूलाई त्यस प्रकारको अधिकारबाट बञ्चित गर्ने कार्य गरिरहेका छन् । त्यो अवस्थामा संसारभरका न्याय र स्वतन्त्रताप्रेमी जनताले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गर्नुपर्ने आवश्यकता छ ।

    प्यालेस्टाइनका जनता लामो समयदेखि खाडीका विभिन्न देशहरूमा शरणार्थी भएर बस्नु परेको छ । वास्तविकता यो हो कि अब कैयौँ अरब देशहरूले उनीहरूलाई आफ्नो देशमा प्रवेशको लागि ढोका समेत बन्द गर्न थालेका छन् । त्यो अवस्थामा उनीहरूको ठूलो संख्याले एक प्रकारले गाजापट्टिमा कैदीको जस्तो जीवन बिताउनु परिरहेको छ । अहिले इजरायल सरकारकोे आकाशबाट हुने बमबारी तथा स्थलमार्गबाट हुने शसस्त्र घेराबन्दी तथा हमला समेतका कारणले उनीहरूको स्थिति भयावह भएको छ । ठूलो संख्यामा महिला र बालबालिकासहित मानिसहरूको मृत्यु भइरहेको छ । इजरायलले त्यहाँ विजुली, पानी र खाद्यान्न समेतको आपूर्तिमा बन्द गरिदिएको छ । अस्पतालमा समेत बमबर्षा भएर ठूलो संख्यामा बिरामी, घाइते वा बालबालिका समेतको मृत्यु भइरहेको छ । कैयौँ देशका प्रतिक्रियावादी शक्ति, राजनीतिक पार्टी वा संचार माध्यम समेतले गाजापट्टिमा भइरहेको त्यस प्रकारको आक्रमणलाई समर्थन गरिरहेका छन् । वास्तवमा त्यो मानवताको नै अत्यन्त ठूलो घृणित उपहास हो ।

    प्रश्न प्यालेस्टाइनी जनता र गाजापट्टिको मात्र होइन । गाजापट्टिको भयानक स्थितिले संसारभरका जनता नै कति गम्भीर प्रकारको कालो बादलमुनि बस्नु परिरहेको छ ? त्यो कुरालाई बताउँछ । आज गाजापट्टिका जनताले जुन प्रकारको कठिन र भयानक प्रकारको जीवन बिताउनु परिरहेको छ, त्यस प्रकारको अवस्था कुनै पनि देशका जनताका अगाडि कुनै पनि बेला आउन सक्दछ । अहिलेको विश्व साम्रज्यवाद वा त्यसको दलाली गर्ने शक्तिहरूका कारणले कुनै पनि देशमा कुनै पनि बेला त्यस प्रकारको स्थिति आउन सक्दछ । त्यसकारण प्यालेस्टाइनी जनता र गाजापट्टिको समस्यालाई हामीले सम्पूर्ण मानवजातिको समस्याको रूपमा लिनु र हेर्नु पनि पर्दछ ।

    तात्कालिक सन्दर्भमा अहिले गाजापट्टिमा उत्पन्न भएको स्थिति हमासको गलत प्रकारको कार्यप्रणालीको नै परिणाम हो । उनीहरूको आतंकवादी कार्यप्रणालीले इजरायलको फासिवादी र प्रतिक्रियावादी सरकारलाई त्यहाँ बर्बर आक्रमण गर्नको लागि बहाना प्रदान गरेको छ । हमासले ७ अक्टुबरको कदम उठाउने बेलामा त्यसको परिणाम के हुनेछ ? उनीहरूको कदमबाट पैदा हुने स्थितिको उनीहरुले कसरी सामना गर्नेछन् त्यसप्रति पनि उनीहरुले ध्यान दिन सकेको पाइन्न । संसारभरका उग्र “वामपन्थी” र आतंकवादी तत्वहरूले संसारभर नै त्यही प्रकारका गल्तीहरु गर्ने गर्दछन् र त्यसबाट क्रान्ति र जनतालाई पनि ठूलो क्षति पुग्ने गर्दछ । त्यही कुरा गाजापट्टिमा पनि भएको छ ।

    अन्त्यमा, गाजापट्टिमा प्यालेस्टाइनी जनतामाथि भइरहेको अत्याचारका विरुद्ध तथा प्यालेस्ताइनी जनताको मुृक्ति आन्दोलनको पक्षमा विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने आवश्यकता छ । त्यही कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीले गाजापट्टिमा भइरहेको हमला र प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा देशव्यापी रूपमा आवाज उठाउनका लागि सम्पूर्ण न्यायप्रेमी जनतासित अपिल गर्दछ ।

    २०८० कार्तिक १५ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

     

     

     

     

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.