भरतपुर । रक्तिम सांस्कृतिक अभियानले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम प्रारम्भ गरेको छ ।
केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८० कात्तिक १४ गते मङ्गलबारदेखि सो कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन अध्यक्ष गिरिप्रसाद बुढाले मैनबत्ती बालेर गर्नुभएको थियो ।
कार्यक्रमलाई रक्तिमका उपाध्यक्ष मोहराज चालिसे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरी, राजमो चितवनका अध्यक्ष अमरबहादुर छेत्री, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष बालकुमारी आचार्य, राजमो नवलपुरका सल्लाहकार चन्द्र सापकोटा, अखिल (छैठौं) का जिल्ला उपाध्यक्ष दुर्गा भण्डारीले शुभकामना दिनुभएको थियो ।
टीकाराम सुवेदीको सञ्चालन तथा देवी शर्माको अध्यक्षता अगाडि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई कृष्ण केसी र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

Advertisement