• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. वेदकालीन समाज

  • ८. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

इजरायलमा मारिएका दस नेपालीप्रति अमेरिकी विदेशमन्त्रीको श्रद्धाञ्जली


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • वासिङटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दस नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गर्नुभएको छ ।

    Advertisement

    २०८० कात्तिक १३ गते सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।

    उहाँले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको थियो । यसअघि उहाँले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।

    अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वासिङटन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबिच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो– ‘नेपाल र अमेरिकाबिच विगत ७६ वर्षदेखिको कूटनीतिक सम्बन्ध रहेको छ । नेपाल स्वतन्त्र, खुला, सुरक्षित र समृद्ध एसिया प्यासिफिक क्षेत्रको सुनिश्चितताका लागि हामी सँगसँगै काम गर्दै पनि आएका छौँ ।”

    विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रूपमा सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

    नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

    उहाँले भन्नुभयो– ‘विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र सङ्घमार्फत नेपालको भूमिका महत्त्वपूर्ण रहेको छ ।’
    यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्त्वपूर्ण सहकार्य गर्दै आएको पनि उहाँले सो प्रेस ब्रिफिङमा उल्लेख गर्नुभयो ।

    परराष्ट्रमन्त्री एनपी साउदले प्रत्युत्तर मन्तव्य दिनुहुँदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गर्नुभएको सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गर्नुभयो ।

    मन्त्री साउदले भन्नुभयो– ‘हामीले आतङ्कवादी समूहको आक्रमणबाट दस विद्यार्थीलाई गुमाउनुपरेको पीडा छ भने अर्कातर्फ एक जनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्साउने सबैप्रति हाम्रो सम्मान छ ।”

    साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्त्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्नु हुँदै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

    मन्त्री साउदले विश्वव्यापी रूपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराउनुभएको समयका लागि आभार प्रकट गर्नुभयो ।

    मन्त्री साउदले भन्नुभयो– ‘नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’ (रासस)

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.