बागलुङबजार । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका–४ तङ्ग्राम, बागलुङको आयोजनामा २०८० कात्तिक १० शुक्रबार गते शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बडादसैँ, तिहार, नेपाल सम्वत् र छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहुनहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमामाझ शुभकामना आदानप्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।
राजमो बागलुङका अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँसँगै राजमो जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, रामजो जिल्ला सदस्य टीकासङ्गम विक, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल प्रगतिशिल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश समितिका अध्यक्ष धनप्रसाद पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, जिल्ला सदस्य थमन पुन र राजमो तङ्ग्रामका सल्लाहकार एवम् पूर्व वडासचिव शसबहादुर विकले मन्तव्य राख्नुभएको थियो ।
राजमो ४ नं. वडासमितिका अध्यक्ष विष्णु कँडेलको अध्यक्षता तथा सचिव थिरबहादुर रानाको स्वागत रहेको सो कार्यक्रमको सञ्चालन कृष्ण विकले गर्नुभएको थियो ।
