• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एनआरएनको विश्व सम्मेलन र नेपाली नागरिकताबारे केही कुरा


  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • हेमलाल गौतम ##

    Advertisement

    हुन त मैले एकपटक एनआरएनए जापानको सदस्यता जापानी यन एक हजार तिरेर लिएको थिएँ । सायद सन् २०१५ तिर होला । जब मैले यथार्थ बुझेँ, तब त्यसलाई निरन्तरता दिन उपयुक्त ठानिनँ र त्यसमा लागेका हाम्रा साथीहरूलाई पनि फिर्ता बोलायौँ तर हाम्रा कतिपय कार्यक्रममा त्यस संस्थाका साथीहरूलाई बोलाउँछौ र कतिपय इस्युमा संयुक्त पनि जान्छौँ ।

    गत वर्ष जापान नेपाली एकता समाजले नेपाल फेस्टिबलका बेला सहप्रायोजक भएर भूमिका पनि निभायो । त्यस्तै, नेपाली कला, संस्कृति तथा नेपाल र जापानको सम्बन्ध सुधार हुने कार्यक्रम, जहाँ नेपाली दूतावास पनि सहभागी हुन्छ, त्यस्ता कार्यक्रममा हाम्रो साथसहयोग र समर्थन रहन्छ । सबै ठाउँमा यही मान्यता नरहे पनि इस्यु हेरेर निर्णय गर्दछ, हाम्रो समाजले ।

    धेरै पहिलेदेखि लेख्न मन लागिरहेको थियो तर त्यो कुरा अहिले गैरआवासीय नेपालीको विश्व सम्मेलनको नौटङ्कीको सेरोफेरोमा रहेर लेख्न गइरहेको छु ।

    हुन त यो विषयमा जापान नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजले पहिलेदेखि नै सजग र सतर्क बनाउँदै आइरहेको छ । यो विषय मेरा लागि र म रहेको संस्था र संस्थासंग आबद्ध साथीका लागि नौलो होइन तथापि यस्तो चर्चाको ज्वारभाटा उठाउन सकिरहेका थिएनौँ । यस सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) कै नेतृ रामकुमारी झाक्रीले उनीहरूकै आतिथ्यमा गएर यो बहसको पाटोलाई उजागर गरिदिएपछि अलि चर्चाको विषय बन्न पुग्यो । यो मानेमा झाक्रीजीलाई धन्यवाद भन्न चाहन्छु ।

    नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता र पासपोर्ट बोकेका धनाढ्यलाई रामकुमारी झाक्रीले राम्रै झापड हानिन् तर विदेशमा बाध्यताको रोटी बेल्ने भुइँमान्छेहरू, जसले पठाएको रेमिट्यान्सले देश धानिइरहेको छ, उनीहरूले देशबारे चासो राख्न पाउने कि नपाउने ? कम्तीमा प्रवासमा रहेका ६० लाख बढी मान्छे, जो नेपाली नागरिकता र पासपोर्टमै पसिना बगाइरहेका छन्, उनीहरूलाई कहिले भोटिङ राइट्स दिने कि नदिने ? यसबारेमा पनि झाक्रीजीले बोल्नुपर्दथ्यो । त्यो उनले बोलिनन् बरु उनले प्रवासमा बसेर पनि ड्युटी जानुपूर्व आफ्नो जन्मभूमि प्रति चासो राख्नेका लागि भने मजाक गरिन्, त्यसप्रति विमति छ ।

    विदेशमा पसिना बगाउने देशका चिन्तकलाई ‘सोल्जरको दिमागसम्म’ भन्न भ्याइन् र सोल्जरप्रति पनि अपमानजनक कुरा बोलिन् किनकि सोल्जरहरू पनि देश र संसारबारे विज्ञता राख्न सक्छन् । यी दुई कुराबाहेक उनले राखेको तर्कमा जो कोहीले पनि सहमति जनाउन सक्छ । यो विषयमा अब संसारभरि बहसको सुरुआत भयो भन्न सकिन्छ ।

    यही गैरआवासीय नागरिकतालाई इस्यु बनाएर स्वार्थी धनाढ्यहरूले अब अर्को अड्को थापेर सरकारलाई च्याँखे थाप्न सफल भएका छन् ।
    नेपालीलाई जबरजस्ती विदेशी बनाउने एनारएनए आफैमा अवैधानिक हुन् । नेपालको संसद्ले रविलाई गृहमन्त्री बनाएपछि यिनीहरूका पनि नेत्र खुलेका हुन् । यतिसम्म पनि भन्न भ्याइसके कि तिमीहरूले संसद खाली गर, हामी एनआरएनए आएर संसद् र सरकार चलाउँछौँ । तसर्थ यो अपराधकर्मबारे सबै देशभक्त नेपालीले बहस थाल्नैपर्छ ।

    यिनीहरूको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीले सम्बोधन गर्नु अर्को गल्ती हो । यिनीहरूको अफिस नेपालमा राख्न दिनु पनि गल्ती हो । अहिले नागरिकता विधेयक पास गरेर यिनीहरूलाई नागरिकता दिने बाटो खोल्नु—यो संसद्मा रहेका पार्टीहरूको गम्भीर गल्ती हो । अहिले संसद्को त्यो कदमले एनआरएनएलाई हौसला प्रदान गर्‍यो । त्यसका साथसाथै गैरआवासीय नागरिकता प्रदान गर्ने निर्णयबमोजिम गैरराजनीतिक अधिकारसहितको नागरिकता दिने निर्णय गरियो । यो निर्णय नै नेपालका लागि महङ्गो निर्णय हुने छ । तसर्थ यो अभियानमा नेपाल सरकार, प्रधानमन्त्री र राष्ट्रपतिले गल्ती गरिसकेका छन् । यही आधारमा यिनीहरूलाई भविष्यमा राजनीतिक अधिकार हत्याउन बार्गेनिङको बाटो खुलेको रूपमा जो कोहीले पनि बुझ्न सक्छ । “औँलो दिँदा डुडुलो निल्ने” भनेको यस्तै भएर होला ।

    वि.सं. २०७५ देखि सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीका लागि मताधिकारको बाटो खुला गरे पनि त्यो कार्यान्वयन गर्न अहिलेसम्म पनि नेपाल सरकारले सकिरहेको छैन । त्यतापट्टि सरकारले यथाशीघ्र ध्यान दिन सक्नुपर्छ । त्यही नहुँदा यता विश्वभरि छरिएर रहेका र आफ्नो स्वार्थमा नेपाली नागरिकता त्यागेका गैरनेपाली धनाढ्यको “कुम्भमेला” काठमाडौँमा लगाएर पैसा कमाएको अहम् देखाइरहेका छन् र नेपाल र नेपालीलाई खिसी गरिरहेछन् । यो नै देशका लागि हानिकारक छ ।

    यिनीहरूको आफ्नो विधानमा सार्कबाहिरका मुलुकमा रोजगारीको सिलसिलामा गएर दुई वर्षभन्दा बढी बसेका, १८ वर्ष काटेका सरकारी नियुक्ति र विद्यार्थी भिसामा गएकाबाहेकलाई आफ्नो सदस्यता बाँडेर जबरजस्ती गैरनेपाली या अनेपाली बन्न प्रेरित गर्ने प्रावधान नै गलत छ । ती आफ्नो मजदुरी गरेर घरपरिवार पाल्ने र देशलाई रेमिट्यान्स पठाउने नेपालीलाई भर्‍याङ बनाएर विभिन्न कूटनीतिक नियोग र नेपाल सरकारलाई उल्लु बनाइरहेछन् तर यिनीहरूको विधानले पन्जीकृत सदस्यता लिएकालाई मात्रै सम्बोधन गर्दछ ।

    हाम्रो दृढ मत यो हुनुपर्छ कि विभिन्न देशमा रहेका कूटनीतिक नियोगमार्फत प्रवासमा रहेका नेपालीका समस्या समाधान गरिनुपर्छ । विभिन्न गन्तब्य मुलुकहरू, जहाँ नेपाल सरकारका कूटनीतिक नियोग छैनन्, त्यहाँ छिटोभन्दा छिटो कूटनीतिक नियोग खडा गरिनुपर्छ । गैरआवासीय नेपालीलाई सम्बन्धित देशको नागरिकता त्याग्न लगाएर देश फर्काउन पहल गर्नुपर्छ तर उनीहरूसँग मिलेर नेपालीलाई गैरनेपाली या अनेपाली बनाउने अभियान बन्द गराउनु पर्छ ।

    यसो नगर्ने हो भने नेपालमा लगानी गरेर त्यसको आम्दानी विदेश पलायन गराउने छन् । आज हाइड्रो, बैङ्क तथा विभिन्न वित्तीय सङ्घसंस्थामा यिनीहरूको प्रत्यक्ष या अप्रत्यक्ष लगानी छ । यो लगानीमा राज्यले कडा कानुनी प्रावधानको व्यवस्था गर्नुपर्छ र विदेशी नागरिकता त्यागेर नेपाल आई निश्चित मापडण्ड पूरा गरेमा नेपालभित्र भोगचलन गर्न दिने व्यवस्था गरिनुपर्छ ।

    समस्या त यतिले मात्रै समाधान हुँदैन किनकि उनीहरूको परिवार पनि विदेशी नागरिक भइसकेका हुन्छन् र उनीहरूले देशको प्रोपर्टी विदेश पठाउने अनेक बाटा तयार गर्दछन् ।

    परराष्ट्र मन्त्रालयले यिनीहरूका शङ्कास्पद गतिविधिमाथि कडा निगरानी राख्नुपर्छ । परराष्ट्र मामिलाका लागि विभिन्न गन्तव्य मुलुकमा रहेका समस्या समाधान गर्न कूटनीतिक नियोग र नेपाली नागरिकता नत्यागेका, नेपाली पासपोर्टमै काम गरेकाका बिचमा राम्रो संयन्त्र तयार गरिनुपर्छ । त्यसको नेतृत्व कूटनीतिक नियोगको संरक्षकत्वमा तत् तत् देशमा रहेका सामाजिक ंसस्थाका प्रतिनिधिको बिचबाट एउटा देशभक्त सङ्गठन बनाइनुपर्छ । त्यसका लागि सर्वप्रथम नेपालको विधायिका–संसद्मा भाग लिन पाउने मताधिकारको व्यवस्था कार्यान्वयन हुनुपर्छ । त्यसो गरेमा मात्रै असली मजदुरका आवाज सम्बोधन हुन सक्दछन् र हरेक नेपालीलाई नेपालप्रति अझै माया बढ्नेछ ।

    एनआरएनएहरू, जसले रेमिट्यान्स कम्पनी चलाइरहेछन्, त्यो बन्द गराइनुपर्छ । केन्द्रीय बैङ्कले सम्बन्धित देशको केन्द्रीय बैङ्कसँग सम्झौता गरेर रेमिट्यान्स भित्र्याउने व्यवस्था गरिनुपर्छ । हुन्डी पाए हुन्डी, रेमिट्यान्स पाए रेमिटेन्स, जे सम्भव हुन्छ, त्यही गर्ने छुट एनआरएनएलाई दिइनु हुँदैन ।

    नेपालमा विभिन्न राजनीतिक दलको आड लागेर संरक्षण पाउने परिपाटी बन्द गराउनुपर्छ । त्यसो गर्दा अपराधकर्म बढेर जानेछ । राजनीतिक आस्था राख्नका लागि नेपाली नागरिकता नत्यागेको नेपाली हुने व्यवस्था सबै राजनीतिक पार्टीले गर्नुपर्छ ।

    कुनै पनि गन्तव्य मुलुकमा बस्ने नेपालीले आफ्नो देशको नागरिकता त्याग्नु या नत्याग्नु उसको अधिकारको कुरा हो । उनीहरूको व्यक्तिगत अधिकार कसैले हनन् गर्न मिल्दैन । समय, परिस्थिति र त्यहाँको बसाइको सहजताका लागि पिआर या ग्रीनकार्ड लिन सकिन्छ । ती लिँदा म गलत छैन भने नेपाली नागरिकता त्याग्नुपर्दैन । तसर्थ नागरिकता या सिटिजनसिप त्याग्नु र नेपाली नागरिकता नत्यागी नेपाली पासपोर्टमै पिआर या ग्रीनकार्ड या लङस्टे भिसा लिनु बिल्कुलै फरक कुरा हुन् । यो विषयमा तत् तत् देशको प्रावधान अध्ययन गरेर नेपाल सरकारले प्रवासी नेपालीलाई हेर्ने दृष्टिकोण बनाउनुपर्छ ।

    नेपाल सरकार केही मुट्ठिभर धनाढ्य गैरआवासीय नेपालीको पैसाको प्रलोभनमा पर्नुहुँदैन बरु उनीहरू पितृभूमि फर्किन चाहेमा तत् तत् देशको सिटिजनसिप त्याग्न लगाउनुपर्छ । त्यो उनीहरूले कति सहज तरिकाले त्याग्न सक्छन् ? त्यसको आधारमा उनीहरूप्रति धारणा बनाउनुपर्छ । लाग्दैन कि उनीहरूले सजिलै त्यो देशको नागरिकता त्याग्छन् । कसैलाई पनि दोहोरो नागरिकता लिने अधिकार हुँदैन । यसमा नेपाल सरकार दृढ हुनुपर्छ तर उसको नेपालमा भएको चलअचल सम्पत्तिको सुरक्षाको प्रबन्ध भने गरिदिनुपर्छ साथै नेपाल सरकारले उनीहरूको लगानीको सुरक्षाको प्रत्याभूति हुने र फर्केर आउँदा सम्पत्तिको हकदाबी रहने प्रावधान भने गरिदिनुपर्दछ ।

    अन्तमा, हरेक प्रवासी नेपालीले आफ्नो नागरिकता र पासपोर्ट परिवर्तन गरेर नेपाललाई माया नमार्नुहोला । स्वार्थी लोभीपापीको सञ्जाल बहिस्कार गर्नुहोला र नेपाल सरकारसँग आफ्नो हकहित र अधिकारका लागि प्रवासबाटै भोटिङ राइट्स माग्न ऐक्यबद्धता जनाउनुहोला । हामी यो आन्दोलनमा निरन्तर छौँ ।

    केही महिनाअगाडि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र पनि बुझाइसकेको छ । त्यसलाई कार्यान्वयन गराउनका लागि सबैले दबाब सिर्जना गरौँ र गैरआवासीय नेपाली सङ्घको चङ्गुलबाट बाहिर निस्कौँ ।

    हरेक देशका कूटनीतिक नियोगले पनि वास्तविक नेपालीको साथसमर्थन गरोस् र उनीहरूका वास्तविक समस्या समाधानमा अभिभावकीय भूमिका खेलोस् ।

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.