• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इमानदार शिक्षकमाथि आधारित चलचित्र ‘कौसीद’ प्रदर्शनमा


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । मिटरब्याजपीडित किसान र सामुदायिक शिक्षकको आन्दोलनको विषयमा तयार पारिएको चलचित्र ‘कौसीद’ २०८० असोज २६ गतेदेखि प्रदर्शनमा आएको छ ।

    Advertisement

    केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखाइएको हो ।

    संस्कृत भाषामा ‘कौसीद’ को अर्थ बैङ्कबाट लिइएको ऋणसम्बन्धी हो । मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किनुभएका निर्देशक कुमार भाष्करले सिङ्गो नेपालको समस्यालाई चलचित्रको विषय बनाउनुभयो ।

    केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक भाष्करको यो ठुलो पर्दाका लागि पहिलो काम हो ।

    ‘मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्‍यो† छोरीको विवाह गराइदिनुपर्‍यो; घर बनाउनुपर्‍यो; यो बेला सम्झिने भनेको बैङ्क हो तर यी सबमा एक इमानदार शिक्षक एक्लो हुन्छ; त्यहीँ भोगाइ पर्दामा छ’ निर्देशक भाष्करले भन्नुभयो– ‘यसलाई मैले दुई वर्षअगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ ।’

    चलचित्रले एउटा शिक्षकको कथा व्यक्त गरेको छ । इमानदार शिक्षकको भूमिकामा भोलाराज सापकोटा हुनुहुन्छ । उहाँको पत्नी ऋचा शर्मा र एक छोरा र एक छोरी छन् । छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भए पनि घर बनाउन सफल हुन्छन् । पत्नी, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैङ्कमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन् ।

    विद्यालयको तलबले घरघर्च टार्न नै धौ धौ हुन्छ । इमानदार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन् यद्यपि बैङ्कको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ । त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन् ? भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ ।

    ‘यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ । यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ‘ अभिनेता सापकोटाले भन्नुभयो ।

    चलचित्रमा रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गर्नुभएको छ ।

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.