काठमाडौं । काठमाडौंमा १७ वर्षीया एक किशोरीलाई ट्रकमा हालेर सामूहिक बलात्कार गरिएको छ । चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक र सहचालकसहित ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका २ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका १ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ ।
धादिङकी ती किशोरी मंगलबार बिहान घर जान गाडी कुरेर बसेकी थिइन् । त्यस क्रममा उनीहरुले फेला पारी उनलाई घर पुर्याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन् ।