बागलुङबजार । बागलुङको बडिगाडमा राष्ट्रिय जनमोर्चाको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
राजमो बागलुङका अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यमा २०८० असोज २७ गते शनिबार खौलारबजारमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि थापाले मैनबत्ती बारेल गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्घीयताका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बताउनुभयो ।
‘व्यापारघाटा बढेर २३ खर्ब पुग्नुको मूल कारण सङ्घीयता हो’ उहाँले भन्नुभयो– ‘महङ्गी बढेर जनजीवन आक्रान्त भएका बेला भ्रष्टाचार झन्भन्दा झन् मौलाउदै जानुले यो महङ्गो प्रणाली जनताले थेग्न सक्दैनन् ।’
विकाश अनुदानको नाममा एमसिसी जस्तो राष्ट्रहित विपरीतको सम्झौताले मुलुकको राष्ट्रियता खतरामा परेको बताउँदै उहाँले सङ्घीयता र एमसिसी खारेजीका लागि सम्पूर्ण राष्ट्रप्रेमी देशभक्त नागरिक एक हुनुपर्ने बताउनुभयो ।
सम्मेलनलाई सफलताको शुभकामना दिनेहरूमा विशिष्ट अतिथि राजामो केन्द्रीय सदस्य बेदिलाल सापकोटा, अन्य अतिथिहरू राजमो गण्डकी प्रदेश सहसचिव खिमविक्रम शाही, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सचिव भीमलाल पोखरेल, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, अखिल नेपाल महिला सङ्घ बागलुङकी सचिव रुनमाया थापालगायत हुनुहुन्थ्यो ।
उदघाटन समारोहमा विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि र जनप्रतिनिधिको आतिथ्य रहेको थियो ।
सम्मेलनले बोमबहादुर थापा अध्यक्ष रहनुभएको ११ पूर्ण चार वैकल्पिक र छ सल्लाहकारसहितको राजमो बडिगाडको पालिदका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रुनमाया थापा, सचिवमा बिमल श्रीस, सहसचिवमा तोपबहादुर श्रीस र कोषाध्यक्ष दुर्गा अर्याल रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा नरेन्द्र घर्ती, नरबहादुर काउचा, मेयरसिंह छन्त्याल, उक्तिप्रसाद परियार, प्रेमबहादुर पुन र दलप्रसाद श्रीस तथा वैकल्पिक सदस्यहरूमा लालबहादुर छन्त्याल, बिमला भुजेल, सन्जु थापा र पुर्णा सुनार रहनुनभएको छ ।
भेलाले लोकबहादुर पाइजा, ओमबहादुर बुढा, खुदबहादुर गुरुङ, रामजित विक, नरबहादुर विक र गम्मरबहादुर श्रीसलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलन बोमबहादुर थापाको अध्यक्षता, दुर्गा अर्यालको सञ्चालन र सचिव ईश्वरमान विकको स्वागत मन्तव्यसाथै सम्पन्नन भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारको जोडदार प्रस्तुति रहेको थियो ।
सम्मेलनपूर्व बडिगाडको खारबजारबाट नाराजुलुससहित सुरु भएको र्याली खौलारबजारमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।




