दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा २०८० असोज २८ गते आइतबार सम्पन्न भेलाले वडासमिति गठन गरेको हो ।
केन्द्रीय सदस्य आचार्यका अनुसार राजमोले “ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” मुल नाराका सञ्चालित सङ्गठन निर्माण अभियानको सिलसिलामा उक्त वडा समिति बनेको हो ।
भेलामा जिल्ला अध्यक्ष आचार्यले पार्टी र देशको राजनीतिको विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियोे भने ज्येष्ठ सदस्य बुद्धिराम खड्का र वडाअध्यक्ष कमल पन्थीले समसामयिक विषयमा आआफ्ना विचार र धारणा राख्नुभएको थियोे ।
समितिको अध्यक्षमा कमल पन्थी, उपाध्यक्षमा पुष्पा बस्नेत, सचिवमा शुद्धबहादुर बाठामगर, सहसचिवमा कल्पना बस्नेत र कोषाध्यक्ष सीता खनाल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा आशिष विश्वकर्मा, वीरबहादुर लिम्बु, जोखबहादुर डागी र दर्शना वली रहनुभएको छ ।