विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ ।
Advertisement
२०८० असोज २७ गते शनिबार ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा नेपाली काङ्ग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री पदको शपथ भने असोज २८ गते आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
