• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शाइन रेसुङ्गा बैङ्क चुक्ता पुँजी वृद्वि गर्न सफल


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले चुक्ता पुँजीमा ५० गुणा वृद्वि गरेको छ । स्थापना हुँदाको अवस्थामा ६ करोड चुक्ता पुँजी रहेको बैङ्कको हालको चुक्ता पुँजी ३ अर्ब १ करोड पुगेको छ ।

    Advertisement

    बैङ्कले २०७६ चैत्र ४ गते बुटवलमा पत्रकार सम्मेलन गरी बैङ्क स्थापनाको ११ वर्षमा ५० गुणा चुक्ता पुँजी वृद्वि गर्न सफल भइएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराए । आ.व. २०७५-७६ को प्रस्तावित १५ प्रतिशत बोनस सेयर प्रदान गरेपश्चात् चुक्ता पुँजी ३ अर्ब १ करोड भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

    २०६५ फागुन ११ गते स्थापना गरिएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क नेपाल राष्ट्र बैङ्कबाट राष्ट्रियस्तरको विकास बैङ्कको रूपमा स्वीकृत प्राप्त गरिसकेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेड प्रदेश ५ मा राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको पहिलो बैङ्क रहेको प्रमुख कार्यकारी अधिकृत पौडलले बताए । पौडेलका अनुसार बैङ्कको हाल २७ अर्ब ६५ करोड निक्षेप रहेको छ भने २४ अर्ब ८५ करोड कर्जा प्रवाह छ । ४ लाख बढी सदस्य रहेको बैङ्कले हाल उत्पादनशील क्षेत्रमा कुल कर्जाको २६.२७ लगानी गरेको छ, कृषिलगायत ब्याज अनुदानमा आधारित कर्जा १५.३० प्रतिशत कर्जा प्रवाह गरेको छ ।

    प्रदेश ५ को रोल्पा र रुकुमबाहेक १० जिल्ला र बागमती प्रदेशको चितवन र गण्डकी प्रदेशको बाग्लुङमा गरी ७२ वटा शाखाबाट बैङ्कले वित्तीय कारोवार सञ्चालन गरिरहेको छ । राष्ट्र बैङ्कको नीतिअनुसार अर्थतन्त्रप्रति जिम्मेवार बनी प्रदेश नं. ५ लाई नै मुख्य केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गरी राष्ट्रकै अग्रणी बैङ्कको बन्ने लक्ष्य तथा योजना रहेको छ । सफलतापूर्वक मर्जरको माध्यमबाट देशकै सबल र सुदृढ वित्तीय संस्थाको रूपमा बैङ्कलाई अगाडि बढाइएको बैङ्कले दाबी गरेको छ ।

    प्रदेश ५ मा मात्रै ६८ वटा शाखा कार्यालय रहेको बैकले पत्रकारिता क्षेत्रको सम्मान स्वरूप पत्रकार महासङ्घ रूपन्देहीमा ३ लाख राशीको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषबाट जम्मा भएको ब्याजबाट वार्षिक रूपमा एक जना पत्रकारलाई २५ हजार नगदसहित पुरस्कृत गरिने छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बैङ्कले दुर्घटना न्यूनीकरण सरसफाइ तथा वातावरण संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरणका साथै स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आएको छ । रूपन्देही, अर्घाखाँची र नवलपरासीबाट आफ्नो वित्तीय कारोवार सुरु गरेको साइन रेसुङा डेभलपमेन्ट बैङ्क लिमिटेडले २०७६ मङ्सिर १० गतेबाट राष्ट्रियस्तरको विकास बैङ्कको मान्याता पाएको हो ।

    रेसुङ्गा विकास बैङ्क लिमिटेड गुल्मीसँग २०६९ चैत्र ४ गते प्युठानको गौमुखी विकास बैङ्क लिमिटेडसँग २०७३ जेष्ठ २९ गते, पूर्णिमा विकास बैङ्क लिमिटेडसँग २०७६ असोज २७ गते र भार्गव विकास बैङ्क लिमिटेड, नेपालगञ्जसँग २०७६ असोज २७ गते मर्जर गरेर आफ्नो वित्तीय कारोबारलाई अगाडि बढाउँदै आएको छ ।

    अन्य बैङ्कले भन्दा अत्याधुनिक, सरल र सहज बैङ्किङ सेवा प्रदान गरिएको दाबी गर्दै आएको यस बैङ्कले बुटवलको कालिकानगरमा आफ्नै अत्याधुनिक भवन गरेको छ । निर्माणाधीन उक्त भवनबाट केही समयपछि वित्तीय कारोवार सुरु गरिने बैङ्कका कानुनी अधिकृत गोपाल खनालले जानकारी गराए ।

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.