काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी) का सांसद इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् ।
बिहीबार दुवै जनाले प्रदेश प्रमुख समक्ष बहुमत सांसदको समर्थन रहेको दाबी पेस गरेका हुन् । दुवै पक्षले ४७–४७ सांसदको समर्थन रहेको दाबी गरेका छन्।
कांग्रेसका कार्कीलाई एमालेको समर्थन छ । कार्की कांग्रेसको शेखर कोइराला पक्षधर हुन् ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्।
६ सांसद भएको राप्रपा तटस्थ बसेको छ। प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।
नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।