धनगढी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठन अभियान अन्तर्गत कैलालीमा पनि सदस्यता वितरण भइरहेको छ ।
Advertisement
राजमो कैलालीले जिल्लाका विभिन्न स्थानमा सदस्यता वितरण तथा संगठन निर्माण अभियानलाई जारी राखेको छ ।
यसैक्रममा गोदाबरी नगरपालिका–६ बडेहा कुटिकटानका ७४ वर्षीय गिरिराज अवस्थीले राष्ट्रिय जनमोर्चाको सदस्यता लिनुभएको छ । अवस्थीलाई राजमोका केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सदस्यता दिनुभएको हो ।
गएको भदौ २६ गते जिल्ला सम्मेलन गरेको राजमो कैलालीले संगठनात्मक अभियानलाई तीब्रता दिएको जनाएको छ ।