अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क १२ डिभर्ना वाङ्ला– ४ मा राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान तीव्र बनाएको छ ।
तीन अभियान कार्यक्रमअन्तर्गत असोज महिनाभरी जिल्ला व्यापी सङ्गठन अभियान सञ्चालन गर्ने योजनानुसार सदस्यता अभियान तीव्र बनाइएको हो ।

राजमो जिल्ला अध्यक्ष थम्मन केसीका अनुसार यतिखेर अर्घाखाँचीको जिल्लाभर रहेकाका ६ वटा पालिका ६१ वार्डहरूमा सदस्यता वितरण अभियान चलिरहेको छ ।

त्यसका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको राजमोले जनाएको छ ।

त्यसअनुसार, आज सन्धिखर्क नगरपालिकाको डिवर्ना, वाङ्लामा थम्मन केसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, राजमो जिल्ला सदस्य गोपाल पाण्डे नगर सहसचिव वसन्त खड्का नगर सदस्य राजेन्द्र आचार्य युवकसँगका जिल्ला सदस्य सन्तोष सुनार लगाएका नेताहरूको उपस्थितिमा सदस्य वितरण गरियो थियो ।

