• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

चित्रबहादुर केसीसँग इजरायलका विद्यार्थीको गुहार : छिटो घर फर्काउन पहल गरिदिनूस्


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीहरुले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग छिटो घर फिर्तीको पहल गरिदिन आग्रह गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीसँग भिडिओ कुराकानी गर्दै विद्यार्थीहरुले उद्धारको काममा तीब्रता दिन अनुरोध गरेका हुन्।

    Advertisement

    इजरायलको इजिप्ट सीमा नजिकको काडेस बार्नियास्थित जिमाम फार्ममा रहेका विद्यार्थी दिपेश जोशीले भने, ‘हामी बसेको स्थान एकदमै असुरक्षित छ। माथिबाट मिसाइल आयो भने बंकरसमेत छैन। ज्यान जोगाउनै मुश्किल छ। हामी छिटो घर फर्कन चाहन्छौँ।’
    डोटीका दिपेश सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हुन्। उनी कार्यरत फार्ममा सुदूरपश्चिमसहित त्रिभुवन विश्वविद्यालय र कृषि विश्वद्यिालयका विद्यार्थीहरु समेत छन्। अन्तर्राष्ट्रिय विमानस्थल रहेको तेल अबिबबाट करिब तीन घण्टाको दूरीमा रहेको काडेस बार्नियामा ४५ जनाभन्दा धेरै नेपाली विद्यार्थीहरु रहेको उनले जानकारी दिए।

    तेल अबिबस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका विद्यार्थीहरूले दूतावासले समेत खासै वास्ता नगरेको गुनासो गरे।
    चितवनका जनक चौलागाईंले भने, ‘हामी बसेको ठाउँमा बंकर छैन। आक्रमण भयो भने जमिनमा छरिएर बस्नुस् भनेर दूतावासले भनेको छ। यस्तो असुरक्षित भएर कहिलेसम्म बस्ने?’

    जनकले बसेको स्थानमा खानेकुरासमेत नभएको बताए।

    ‘यता खानेकुरा पनि छैन। हिजो मात्रै दाजुदिदीहरुले केही खाना ल्याइदिनुभयो। बाँडेर खायौँ। भात पकाउन चामल त छ तर तरकारी छैन।’

    उनीहरु नेपालबाट आउने प्लेनको प्रतिक्षामा छन्।

    जवाफमा अध्यक्ष केसीले आफूहरुले सरकारलाई बारम्बार दबाब दिएको जानकारी दिँदै नआत्तिन सुझाव दिनुभयो ।

    ‘सरकारलाई हामीले लगातार दबाब दिइराखेका छौँ। इजरायलबाट बितरा परेका नेपालीलाई ल्याउन ढिलासुस्ती भयो। छिटो गर्नुपर्यो भनेर मैले नै प्रधानमन्त्रीलाई भनेको छु’ केसीले भन्नुभयो, ‘सबैभन्दा ठूलो कुरा अहिले ज्यान जोगाउने हो। जोगिएर बस्नुहोला।’
    अध्यक्ष केसीले केही दिनअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि सबै राजनीतिक दलले सरकारलाई छिटो उद्धार गर्न एकमत भएर दबाब दिएको बताउनुभयो ।

    जुम बैठकमा जोडिएका राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री कार्यालयबाट आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उद्धारका लागि इजरायल उड्ने जानकारी पाएको बताउनुभयो ।

    प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलका विभिन्न ठाउँमा असोज २० गते आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। घटनामा एक जना नेपाली विद्यार्थी बेपत्ता छन् भने चार जना घाइते भएका छन्। सो ठाउँमा रहेका ३२ जनालाई उद्धार गरिएको छ।

    सरकारले पहिलो प्राथमिकता तिनै घटनामा परेकालाई दिन लागेको सूचना पाएपछि इजरायलका अन्य विभिन्न शहरमा रहेका उनीहरुले एउटै लटमा नेपाल फर्कादिन अनुरोध गरे।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले इजरायलका नेपालीलाई भेदभाव नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।
    ‘यदी त्यसो गरे सरकारलाई हाम्रो पार्टीले दबाब दिन्छ’ केसीले भन्नुभयो ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.