• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुँजी र अरूको शासन विरुद्धको सङ्घर्ष


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    समाजमा शासक र शासित परस्पर विरोधी मान्छे छन् । मान्छे आफूले आफूलाई शासन गर्न सक्षम नभएसम्म यो अवस्था रहिरहने छ । आफूले आफैलाई शासन गर्नका लागि अध्ययन र सङ्घर्षको आवश्यकता पर्दछ । आफूले आफूलाई शासन गर्न सक्षम नुहँदासम्म अरूले शासन गरिरहने छन् । शासन त आवश्यक परिरहन्छ ।

    वर्तमान अवस्थका मान्छेहरूलाई शासन गर्ने चारओटा सत्ता छन् : पहिलो– राजनीतिक सत्ता, दोस्रो– वंशगत परम्परागत सत्ता, तेस्रो– धार्मिक सत्ता र चौथो– लोग्नेको स्वास्नीमाथिको सत्ता । यी चारओटा सत्ताले समाजका मान्छेलाई शासन गरिरहेका हुन्छन् । यी चारओटै किसिमका सत्ता अन्तिममा गएर सम्पन्न मान्छेले विपन्न मान्छेलाई शासन गर्ने सत्ता हुन् ।

    यी सबै सत्ताले सम्पन्नलाई अधिकारैअधिकार हुने गरी शोषण गर्न छुट दिन्छन् अथवा नाफा कमाउन छुट हुने गरी विपन्नमाथि कर्तव्यैकर्तव्य भएको शासित अवस्था ल्याउँछन् किनभने खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारी मानवीय आवश्यकता हुन् । यी आवश्यकता पूरा गर्ने क्षेत्रमा नाफा कमाउन पाउने व्यवस्था भएको हुनाले जोसँग साधनस्रोत दर्ता भएका छन्, उनीहरूसँग अधिकार केन्द्रित छ ।

    साधनस्रोतबाट वञ्चित भएकासँग कर्तव्य मात्र बाँकी रहेको हुन्छ । त्यो भनेको शोषित हुने कर्तव्य र अरूलाई नाफा हुने गरी आफूले काम गर्ने कर्तव्य चुपचापसँग शासित नभई नहुने कर्तव्य, समग्रमा भोकै हुने, नाङ्गै हुने, ओत लाग्ने ठाउँ नहुने, पढ्न नपाउने र उपचार नपाउने अधिकारसहितको कर्तव्य ।

    अधिकार र कर्तव्य एकार्काका परिपूरक हुन् । राज्यसत्तासँग कर उठाउने अधिकार हुने तर आफ्नो देशको नागरिकका निम्नतम आवश्यकता पूरा गर्ने कर्तव्य नहुने वर्तमान व्यवस्थाको खराब पक्ष हो । उत्पादन कार्यमा लागेका जनशक्ति र बेरोजगार जनशक्ति दुवैको मात्र होइन, प्रत्येक नागरिकका लागि योग्यताअनुसारको काम गर्न दिने र कामअनुसार उसका निम्नतम आवश्यकता पूरा हुने पारिश्रमिक दिने पनि राज्यसत्ताको कर्तव्यभित्र पार्नुपर्छ । आफ्नो देशमा भएका साधनस्रोत राज्यका स्वमित्वमा भए मात्र राज्यले त्यसो गर्न सक्छ ।

    प्रकृतिमा सित्तैमा प्राप्त भएका आफ्ना देशभित्रका सबै साधनस्रोतबाट कसैले पनि एकल प्रयत्नले उत्पादन गर्न सक्दैन । उत्पादनको प्रकृति सामूृहिक हुन्छ तर त्यो उत्पादनलाई व्यक्तिगत स्वामित्वमा लैजाँदा नाफा कमाउने शोषणयुक्त तरिका प्रवेश गर्छ । त्यसपछि सुरु हुन्छ, वर्गसङ्घर्ष । वर्गसङ्घर्ष विरोधी वर्गबिच हुने सङ्घर्ष हो । त्यहीँबाट सुरु हुन्छ ।

    विश्वदृष्टिकोण परस्पर विरोधी हुन्छ । सम्पन्न वर्गीय विश्वदृष्टिकोण बनाउन र भएकोलाई जोगाई राख्न धर्म, परम्परा, स्वर्ग, नर्क, अघिल्लो जुनी, पछिल्लो जुनी, देवता, ईश्वर, अलौकिक शक्ति, भाग्य, पूर्वजन्मको फल, मुक्ति आदि सबै कुरा सम्पन्न वर्गले शोषण कार्य कायम राख्न र बढाउँदै लैजान उपयोग गर्ने हतियार हुन् । गरिबी र अशिक्षाका कारण मान्छे विवश भएर त्यसैका पछि पछि लाग्नु, जसले कहिल्यै उम्कन नसक्ने अँध्यारो सुरुङगभित्र घचेटिदिन्छ । एकपछि अर्काे बन्धनले कस्दै जान्छन् । मान्छे जेलिँदै जान्छ । उनीहरूले कस्दै लैजाने हुनाले पुस्तौँ पुस्तासम्म अन्याय सहनुपर्छ ।

    सर्वहारा विश्वदृष्टिकोण माक्र्सको समय सन् १८४८ देखि मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन भन्ने भनाइबाट सुरु भएको हो । पुँजीपतिहरूको सङ्ख्या थोरै हुन्छ । मजदुरको सङ्ख्या हजारौँ गुण धेरै हुन्छ तर त्यति थोरै सङ्ख्याका पुँजीपतिले हजारौँ गुणा बढी भएका मजदुरलाई गर्ने शोषण त्यही विश्वदृष्टिकोणको हतियार प्रयोग गरेर गरिरहेका छन् ।

    मजदुरलाई मजदुरवर्गीय विश्वदृष्टिकोण विकास भएको हुन्न र पुँजीवादी विश्वदृष्टिकोणको जालोभित्र जेलिएका हुन्छन् । उनीहरूको मजदुरवर्गीय विश्वदृष्टिकोण बनाउन बुद्धिजीवीको आवश्यकता पर्दछ । बुद्धिजीवीका लागि समाजमा सम्मानित भएर सुविधाभोगी जीवन बिताउने अवसरको सम्भावना बढी हुन्छ । उनीहरूलाई कम्युनिस्ट पार्टीले आफ्नो सम्पर्कमा लिएर सर्वहारा विश्वदृष्टिकोणको विकास गराउने र मजदुर–किसानबिच लगेर मजदुरवर्गीय विश्वविदृष्टिकोण अथवा मजदुर–किसानको मुक्तिको विश्वदृष्टिकोण उनीहरूमा घुसाउने गर्नुपर्छ ।

    माक्र्सले “जसरी कम्युनिस्टहरूले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्याउँछन्, उसै गरी सर्वहारा वर्गले आफ्नो बौद्धिक हतियार भेट्याउँछन्” भनेका छन् । यो सजिलो र छिटै हुने काम होइन । सत्तासिन सम्पन्न वर्गले पनि आफ्नो स्वर्ग गुम्न नदिन सकेसम्मको प्रयत्न गरिरहेको हुन्छ र गरिरहन्छ । आफ्नो सीमित वर्षको आयुमा हजारौँ वर्षदेखि आसन जमाएर बसेको प्रतिकृयावादी दर्शनको जन्जिर हटाउन थोरै मान्छेले मात्र आफ्नो प्रयत्नलाई सफल र उपलब्धिमूलक बनाउन सक्छन् । धेरजसोको बुझ्न नपाउँदै जीवनलीला समाप्त हुन्छ ।

    पुँजीको जालोबाट उम्कन अथवा पुँजीको जुवा आफ्नो काँधबाट हटाउन भौतिकवादी दर्शन, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनको अध्ययन, व्यवहारमा त्यसको प्रयोग र परम्परागत राज्यसत्ता विरुद्ध सङ्घर्षका लागि सङ्गठित प्रयत्न गर्नुपर्छ । यो आमूल परिवर्तन गर्ने उद्देश्यसहितको दर्शन हो ।

    समाजवादी व्यवस्था समाजका बहुसङ्ख्यक जनताको आफ्नो व्यवस्था हो । शोषणविहीन, शासनविहीन र वगविहीन समाज बनाउने व्यवस्था हो । राज्यसत्तालाई सधैँका लागि समाप्त पार्ने व्यवस्था हो । आआफ्नो अधिकार र कर्तव्य सबै नागरिकले उपभोग गर्न पाउने व्यवस्था हो ।

    आफू पुँजीको शासन र अर्काे व्यक्तिको शासनबाट मुक्त भएर आफू अनुशासित र सङ्गठित रूपमा प्रकृति विरुद्धको सङ्घर्षमा उच्चतम योगदान दिन सक्ने अवस्थाको समाज साम्यवादी समाज हो । त्यो आफै आउने व्यवस्था होइन, हजारौँहजार क्रान्तिकारीको योगदानको आवश्यकता पर्दछ । त्यसका लागि निरन्तर अध्ययन र सङ्घर्ष आवश्यक पर्दछ । त्यस्ता अनुशासित, सङ्गठित र प्रशिक्षित हजारौँहजार क्रान्तिकारीको सामूहिक प्रकारको योगदानको आवश्यकता पर्दछ । यो अभियान निरन्तर चल्ने अभियान हो । त्यसका लागि सबैभन्दा पहिलो पुँजीको जुवा उतार्ने र त्यसपछि अरूको शासनको जालो पनि हटाएर आत्मानुशासित तरिकाले योग्यताअनुसारको काममा बिनाहिचकिचाहट सहभागी भएर आफ्नो अमूल्य जीवनको सदुपयोग गर्ने अभियान हो । यो अभियानको थालनी स्वत:स्फूर्त रूपमा धेरै पहिलेदेखि सुरु भएको भए पनि योजनाबद्ध तरिकाको काम कम्युनिस्ट घोषणापत्र प्रकाशन भएपछि सुरु भयो ।

    पुँजीको जुवा आफ्नो काँधबाट हटाउन उत्पादक श्रम त गर्नैपर्‍यो, त्यसपछि अरूका समस्या बुझ्ने र सामूहिक श्रम गरेर सामूहिक समस्याको समाधान सामूहिक श्रमबाट गर्न आफ्नो बढीभन्दा बढी योगदान मिसाउनुपर्‍यो । त्यसका लािग आफ्नो योग्यता प्रयोग गरेर अरूका समस्या समाधानमा तत्पर हुने मात्र होइन, नाफा कमाउनेहरूलाई हतोत्साही पार्नुपर्‍यो । यी दुवै काममा आफ्नो योगदान सुरुदेखि अन्त्यसम्म निरन्तर उपयोग भइरहनुपर्‍यो ।

    श्रमविभाजन सामान्य कुरा हो तर जिम्मेवारी पूरा नगरिकन आफ्ना आवश्यकता पूरा गर्न चाहने हो भने आफू अरूबाट शासित हुनुपर्दछ । जब सामूहिकताकै कुरा गरिन्छ भने आफ्ना आवश्यकता पूरा गर्नमा पनि सामूहिकताको ख्याल गर्नैपर्छ । त्यो भनेको कतै आफूले उच्च सुविधा उपयोग गरिरहँदा अरूका निम्नतम आवश्यकता पनि पूरा हुन नपाएका त छैनन् ? त्यो कुरा स्वशासन गर्नेले राम्ररी बुझ्नुपर्ने कुरा हो । त्यस्तो भएको अवस्थामा पराइको शासन व्यहोर्न बाध्य हुनुपर्दछ ।

    आफ्नो अधिकार र आफ्नो कर्तव्य पालन गरिरहेको अवस्थामा अरूको अधिकार र अरूको कर्तव्यसमेतको ख्याल नगर्ने हो भने सामूहिकता प्रयोग नभएको अवस्था त्यही हो । आफ्नो योग्यताअनुसार काम गर्ने र कामअनसार सुविधा उपयोग गरिरहने तर अरूले ती दुवैको उपयोग गर्न नपाउने अवस्था भयो भने स्वशासन नभएको त्यही हो । त्यसकारण अधिकार र कर्तव्यको सन्तुलन मिलाउन पनि सामूहिक प्रयत्न आवश्यक पर्दछ । त्यो काम पनि विश्वदृष्टिकोणबाट नै सुरु हुन्छ ।

    अनुशासनमा सबै अनिवार्य रूपमा बस्नुपर्छ । त्यसका लागि अध्ययन र सङ्घर्ष दुवै उत्तिकै महत्त्वपूर्ण हुन् । त्यो नैतिक प्रश्न पनि हो कि अनुशासन सबैलाई आवश्यक पर्छ ।

    पुँजीको जुवा त्यसै हट्दैन । श्रमजीवी र पुँजीजीवी आपसमा सङ्घर्ष गरेर पुँजीजीवीलाई पनि श्रमजीवीमा रूपान्तरण गर्नुपर्छ । श्रमजीवीको विश्वदृष्टिकोणमा आमूल परिवर्तन गरेर उनीहरूलाई सर्वहाराकरण गर्नुपर्छ । त्यसपछि पुँजीजीवीको पुँजीलाई सामूहिक पुँजी बनाउनुपर्छ । दोस्रोभन्दा पहिलो काम बढी महत्त्वपूर्ण र अप्ठेरो हुन्छ ।

    श्रमजीवीलाई सर्वहाराकरण नगरिकन पुँजीजीवीको सम्पत्ति सामूहिक बनाएर उनीहरूलाई सर्वहाराकरण गराउन सकिन्न । यो दीर्घकालीन प्रकृतिको र राजनैतिक प्रकृतिको काम हो । लामो राजनैतिक आन्दोलनबाट खारिएको कम्युनिस्ट पार्टी हुनुपर्छ । त्यो पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व भएको पार्टी हुन जरुरी पर्छ ।

    पुँजीवादको विकास भइनसकेको अवस्थामा सर्वहाराकरण गर्ने काम धेरै कठिन र कष्टसाध्य काम हो । उद्योगधन्दाको विकास भएको अवस्थामा उद्योगधन्दाले एकातिर सामूहिकताको र अर्काेतिर सर्वहरा वर्गको विकास गराउने काम गर्दछन् तर उद्योगधन्दा विकास भइनसकेको अवस्थाको समाजमा निम्न पुँजीपति वर्गको बाहुल्यता हुन्छ । एकातिर, एक्लाएक्लै काममा सहभागी भएको अवस्था र अर्काेतिर थोरै भए पनि आफ्नो स्वामित्वमा निजी उत्पादनका साधन भएको अवस्थाले गर्दा सर्वहाराकरणमा अवरोध खडा गर्दछन् । उद्योगधन्दाको विकासले मात्र यी दुवै अवस्थामा परिवर्तन ल्याइदिन्छ ।

    क्रान्ति सम्पन्न भएर कम्युनिस्ट पार्टी सत्तासिन भए पनि सर्वहाराकरणमा अभ्यस्त नभएका कार्यकर्ताकै कारणले बारम्बार प्रतिगमनको खतरा रहिरहन्छ । प्रतिगमन हुनुमा पुँजीजीवीका कारणले भन्दा श्रमजीवीका कारणले मुख्य भूमिका निर्वाह गरेको हुन्छ । कम्युनिस्ट पार्टीका कार्यकर्तामा सर्वहारा विश्वदृष्टिकोण विकास भइनसकेको अवस्थाको नतिजा प्रतिगमनको सेवा हुन जान्छ ।

    सर्वहाराकरणको अन्तिम नतिजा स्वशासन हो । आत्मानुशासनबाट मात्र शासनको जुवा मिल्काउन सकिन्छ । समाजमा आफ्नो स्थान पहिचान गरेर लामबद्ध भई प्रकृति विरुद्धको सङ्घर्ष उच्च अवस्थामा अघि बढाउनका लागि अरूले गर्ने शासन हटाउन सकिन्छ । समाजमा आफ्नो स्थान पहिचान गर्न नसक्ने व्यक्ति आत्मानुशासनका हिसाबले पङ्क्तिबद्ध हुन सक्दैन । पुँजीको जुवा हटाउनभन्दा आफू पङ्क्तिबद्ध भई अरूको शासनको आवश्यकता नपर्ने हुन पनि सजिलो हुन्न ।

    अध्ययन गरेर आफ्नो योग्यता निश्चित गर्ने कामले मात्र पुग्दैन, अरूको योग्यतासमेतको पहिचान गर्न सक्नुपर्छ । त्यसो नगरेसम्म पङ्क्तिबद्ध हुन सकिन्न । आफूभन्दा अघिल्लो पङ्क्तिको र आफूभन्दा पहिलो पङ्क्तिको व्यक्तिसहित बिनाहिच्किचाहट, बिनाविरोध र बिनाअवरोध आफू पङ्क्तिबद्ध हुन सक्नुपर्दछ । त्यतिखेर मात्र प्रकृति विरुद्धको सङ्घर्षलाई उच्च रूप दिन सकिन्छ । आफ्नो योग्यताको पूरा उपयोग हुन्छ । आफ्नो मात्र होइन, अरू सबैको योग्यताको पूराका पूरा उपयोग भई सबैका आवश्यकता पूरा हुने अवस्था सृजना हुन्छ । त्यतिखेर कसैले कसैलाई शासन गर्नुपर्ने आवश्यकता पर्दैन । समाजका सबै व्यक्तिबिच माया, प्रेम र सद्भाव रहन्छ । योग्यता विकासमा पूरा स्वतन्त्रता हुन्छ । योग्यताको उपयोगमा कुनै बाधा पर्दैन र आवश्यकता सबै पूरा हुन्छन् । त्यो साम्यवादी समाजमा अुनशासनको पाठ कसैले कसैलाई सिकाउनुपर्दैन । मान्छेले आफूलाई स्वतन्त्र र अनुशासित भएको महसुस गर्छ ।

    आवश्यकताका वस्तु धेरैभन्दा धेरै उत्पादन भएको हुन्छ । वितरणमा कुनै किसिमको पक्षपात अथवा एकार्कामा गुनासो गर्ने ठाउँ रहन्न । स्वचालित समाजको अवस्थामा काम भइरहेको हुन्छ । मान्छे आफू खुसी हुन्छ, अरूलाई खुसी बनाउँछ र प्रकृतिलाई मानवको पक्षमा पूराका पूरा उपयोग गर्छ ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.