काठमाडौँ । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीको शोकमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
Advertisement
२०८० असोज २२ गते सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मङ्गलबार) सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।
यसअघि, आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् ।
राजदूतावासका अनुसार चार जना घाइते छन् भने एक जना सम्पर्कविहीन छन् ।





