बागलुङबजार । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष सङ्गठनात्मक अभियानअन्तर्गत गलकोट नगरपालिका वडा नं. ८ काडेबासमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
२०८० असोज २१ गते आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य रुमाकान्त गौतमले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे ।
राजमो वडासमितिका उपाध्यक्ष तुलसी चालिसेको अध्यक्षता तथा सचिव चुरामणि कँडेलको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
त्यसैगरी असोज २० गते गलकोट नगरपालिका वडा नं. ७ मल्ममा पनि प्रशिक्षण भेला सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राजमो गण्डकी प्रदेश सल्लाहकार टङ्क केसी हुनुहुन्थ्यो ।
जिल्ला सदस्य रुमाकान्त गौतमले कार्यक्रममा प्रशिक्षण मन्तव्य दिनुभएको थियोे ।
राजमो वडासमितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता तथा सचिव मिनबहादुर दर्जीको सञ्चालन सम्पन्न उक्त भेलाले राजमोको सदस्यता वितरण र टोल समिति गठन/पुनर्गठनको कार्यक्रम बनाएको प्राप्त समाचारमा उल्लेख छ ।