रोहतक (भारत) । लामो समयदेखि नेकपा (एमाले) समर्थित प्रवासी नेपाली सङ्घमा आबद्ध भई काम गर्दै आउनुभएका साथीहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।
Advertisement
मूल प्रवाहको नीतिनियमबाट अत्यन्तै प्रभावित भएका साथीहरूले अक्टोबर ८, २०२३ का दिन सो सङ्गठनको सदस्यता लिँदै सङ्गठनमा प्रवेश गरेका हुन् ।
मूल प्रवाहका सदस्य डिलुराम भट्टराई र सुभाष गौतमको पहलमा नगर समितिका धर्म सुनार, विक्की परियार र सीता परियारको विशेष उपस्थितिमा भेला गरी विभिन्न विषयमा छलफलपश्चात ११ सदस्यीय दुर्गा कालोनी टोल समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा कमला खत्री, सचिवमा रबिना सुनार, कोषाध्यक्षमा सुशीला सुनार र सदस्यहरूमा शहदेव थारू, कल्पना थारू, माया सुनार, अमृता भट्टराई, प्रतिमा आचार्य, निरू थापा, विकास खत्री र बिपिन खत्री रहनुभएको छ । – धर्म सुनार प्युठानी

