डोटी । राष्ट्रिय जनमोर्चा डोटीले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत शिखर नगरपालिका वडा नं १० मा राजमोको वडा भेला सम्पन्न भएको छ ।
Advertisement
भेलाले नवराज रावलको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा मिलन बलायर, उपाध्यक्ष रमेश जाग्री, हेमन्त विक, हर्क भाट, भरत रावत, चक्र बलायर सागर बलायर, दीपक बलायर, रमेश टमटा, वीमल बलायर नरेन्द्र बलायर र गणेश रावल रहनुभएको छ ।
भेलामा राजमोका जिल्ला कोषाध्यक्ष नरेन्द्र विष्टको विशेष उपस्थिती रहेको थियो ।
भेलामा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानबारे छलफल गरिएको राजमो डोटीले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले असोज महिनाभर देशब्यापीरुपमा संगठन निर्माण अभियान सञ्चालन गरिरहेको छ ।