सन्तोष सुनार, सन्धिखर्क।
अखिल नेपाल महिला संघ अर्घाखाँचीको प्रशिक्षण भेला सम्पन्न भएको छ । शुक्रबार सन्धिखर्कको मसाल बजारस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा सो कार्यक्रम भएको हो ।
भेलामा महिला संघ जिल्ला समितिको सांगठनिक अवस्थाबारे जानकारी तथा पार्टीले लिएको ऐतिहासिक तीन अभियान सफल पार्न महिला संघले गर्नुपर्न्ने भूमिका र जिम्मेवारीको बारेमा छलफल गरिएको थियो ।

अखिल नेपाल महिला संघका महासचिव सकुन्तला रानाले विभिन्न समसामियक विषयमा महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसी, जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, जनजाती सम्मेलनका कावा महासचिव उषा पुन, अखिल नेपाल किसान संघका प्रदेश सचिव भीमलाल आचार्यले शुभकामना दिनुभएको थियो ।
मिना बिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना पोख्रेल र स्वागत तुलसा कुँवरले गर्नुभएको थियो ।