बागलुङ । राष्ट्रिय जनमोर्चा, बागलुङले गलकोट नगरपालिका–५ हरिचौरमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
राजमोले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत प्रशिक्षण भेला आयोजना गरेको हो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वेदिलाल सापकोटा, जिल्ला सल्लाहकार टंक केसी, जिल्ला सदस्यहरु पदम श्रेष्ठ, रुमाकान्त गौतम, देवि खत्री, अखिल नेपाल बुद्धिजीवी संघका बद्री ढकालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य विष्णु कडेल, सु. नैनबहादुर थापा, अखिल नेपाल शिक्षक संघका सुनमाया ढकाल र मित्रदत्त ढकालको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा राजमो सल्लाहकार, पूर्वजनप्रतिनिधी र जेष्ठ सदस्यहरु मित्रलाल कडेल, थमन बहादुर श्रीस, भीम कुमारी श्रीस, अमृता श्रीस, तिल कुमारी श्रीस र मन कुमारी श्रीसलाई सम्मान गरिएको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष अम्मरबहादुर खत्रीको अध्यक्षता, सचिव तमबहादुर कार्कीको सञ्चालन र सहसचिव लालबहादुर श्रीसको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।