कपिलवस्तु । विजयनगर गाउँपालिका वडा नं ६ सेमरी चापामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । पटेश्वरी यादवको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन राजमो जिल्ला सचिव केरसिंह अदैले ब्यानर पढेर गर्नुभयो ।
त्यसक्रममा उहाँले ठूला पार्टीहरुले देश र जनताको लागि घात गरेको बताउनु भयो । उहाँले अबको विकल्प राष्ट्रिय जनमोर्चा भएको भन्दै अहिले जनतामा ठूला–ठूला नारा दिनेहरुले हावा खायको बताउनु भयो । नेता अदैले राष्ट्रियता,गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि एक हुनु पर्ने बताउनु भयो ।
भेलामा राजमो जिल्ला सदस्य त्रिवेणी कुर्मी, राजमो विजयनगर गाउँपालिका अध्यक्ष गोविन्द परिवार, महिला सदस्य मनिषा कारीले पनि सम्बोधन गर्नु भएको थियो ।
भेलाले पतेस्वरी यादवको अध्यक्षतामा १५ सदस्सीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राम लौटन मुरौ, सचिव विजय कोरी, कोषाध्यक्ष तारामती पासी, सदस्यहरूमा, सूर्यबहादुर जिसी, कमल कोरी, चन्द्रावती कोरी, गीता कोरी, छोटेलाल भर चयन हुनुभएको छ।

वैकल्पिक सदस्यमा रामप्रसाद कोरी, शिव पूजन बढाई रहनुभएको छ । यस्तै, सल्लाहकारमा सुमाई अहिर, सेवक कोरी, रामलौटन मुरौ रहनु भएको छ ।
भेलाको सञ्चालन नागराज योगी र स्वागत सूर्यबहादुर जिसीले गर्नु भएको थियो ।
भेला पछिको बैठकले टोल कमिटी गठन, सदस्यता वितरण, प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
भेलामा नेकपा माओवादी केन्द्र समर्थक सेवक कोरी र सुमै अहिर तथा नेपाली कांग्रेस समर्थक रामलाटन मुराउ पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । उहाँहरुलाई राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैले सदस्यता दिएर अबिर लगाई स्वागत गर्नु भएको थियो ।