दिनेश रैदास, दाङ ।
बाह्रौँ अधिवेशन तथा बिसौँ साधारणसभाबाट निर्वाचित देउखुरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी, सदस्य, सल्लाहकारलाई २०८० असोज १७ गते बुधबार एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ ।
Advertisement
संस्थाका अध्यक्ष जङ्गबहादुर चौधरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको प्रमुख अतिथि नवनिर्वाचित अध्यक्ष कमलजङ्ग सिंह ठकुरी रहनुभएको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सीतादेवी चौधरीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव वसन्त आचार्यले गर्नुभएको थियो ।