श्यामलाल पोखरेल,बुटवल ।
रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसैक्रममा संघले सोमवार बुटवलका दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई मास्क तथा सावुन वितरण गरेको हो ।
Advertisement
संघ अन्तरगतको बस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई मास्क तथा सावुन वितरण गरिएको थियो ।
बुटवलस्थित सरस्वती मावि र बुटवल माविमा अध्ययनरत विद्यार्थीका लागि मास्क र साबुन वितरण गरिएको हो । संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाबाट आंतकित नभइ त्यसबाट सचेत हुन र साबधानी अपनाउन आग्रह गर्नुभयो ।