• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

धर्मनिरपेक्षताको शक्तिलाई बुझेकोमा धन्यवाद


  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    २०८० असोज १५ गते कामरेड सन्तबहादुर नेपालीले एक वक्तव्य जारी गर्नु भएको छ । उक्त वक्तव्यमा यो अंश पनि उल्लेख छ ः ‘संविधानमा धर्मनिरपेक्षताको प्रावधान भएतापनि शासकहरुले हिन्दुवादी नीति अपनाएका कारणले देशमा जातीय तथा धार्मिक तनाव उत्पन्न भएको छ ।’ यसको अर्थ धर्मनिरपेक्षताको शक्तिलाई बुझ्नु हो ।

    यसको अर्थ यो पनि हो कि संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता कार्यान्वयन नभएको र त्यो प्रावधान प्रतिगामीद्वारा संकटमा पर्न गएको स्वीकार गर्नु नै हो । यो स्वीकारको अर्थ हो देशमा प्रतिगामीहरूले जनताका संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयत्न गरिरहेका छन् ।

    संविधानमा धर्मनिरपेक्षताको प्रावधान छ, त्यो राम्रो पक्ष हो । तर देशलाई हिन्दुवाद तथा राजतन्त्रतिर फर्काउन प्रयत्न हुँदै आएका छन् । त्यसका लागि धर्मनिरपेक्षता तथा गणतन्त्रको गुण बोक्ने संविधानलाई समाप्त गर्नु नै कट्टर हिन्दुवादी र प्रतिगामीहरूको मुख्य उद्देश्य रहेको छ । त्यसरी वर्तमान धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा गर्नुपर्ने अवस्था छ । त्यसको रक्षा धर्मनिरपेक्षता र गणतन्त्रलाई समाप्त पार्ने सबै प्रकारका प्रतिगामी शक्तिहरूका विरुद्ध संघर्ष गरेर मात्र सम्भव छ ।

    त्यसरी प्रतिगमनका विरुद्धको संघर्षको कार्यनीति अहिलेको लागि महत्वपूर्ण र मुख्य हुन्छ । धार्मिक र जातीय द्वन्द्वलाई रोक्नका लागि अहिले कुन प्रकारको राजनीतिक कार्यक्रम हुनुपर्दछ भन्ने कुरालाई वस्तुगत र ठोस विश्लषणका आधारमा निश्चित गर्नुपर्ने आवश्यकता हुन्छ । देशमा हिन्दुराज्यको पक्षमा भइरहेको वकालतले संविधानमा उल्लेख भएको धर्मनिरपेक्षतालाई खारेज गर्न खोजको कुरा सजिलै बुझ्न सकिने कुरा हो । धर्मनिरपेक्षता खारेज भयो भने जातीय तथा धार्मिक द्वन्द्वबाट सामाजिक सद्भाव विघटन भएर देशमा निरन्तर युद्धको अवस्था आउने कुरा निश्चित छ ।

    त्यस प्रकारको अवस्था सिर्जना हुन नदिनाका लागि संविधानमा उल्लेख भएको धर्मनिरपेक्षताको रक्षा गरेर त्यस अनुसार सामाजिक सद्भाव कायम गर्नुपर्ने हुन्छ । त्यसरी वर्तमान संविधानमा उल्लेख भएका गणतन्त्र र धर्मनिरपेक्षताले नेपालमा आजसम्म भएका सम्पूर्ण अग्रगामी संघर्षको सारलाई बोक्दछन् । त्यसैले तिनको रक्षाको आवश्यकतामाथि हामीले जोड दिने गरेका छौँ ।

    उहाँले आफ्नो वक्तव्यमा ‘जातीय र धार्मिक द्वन्द्वको मनोविज्ञानमाथि विदेशी साम्राज्यवादी, भारतीय हिन्दुवादी तथा नेपाली हिन्दु कट्टरपन्थी मनुवादीहरूले जनतालाई उक्साउने काम गरेका छन्’ भनेर पनि उल्लेख गर्नुभएको छ । तिनका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि उहाँले ‘सबै देशभक्त, जनतान्त्रिक र वामपन्थीहरूको विशाल मोर्चा निर्माण गर्न’का लागि अपील पनि गर्नुभएको छ ।

    हामीले पनि जोड दिन्छौँ कि सम्पूर्ण देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूले समेत वर्तमान संविधानमा उल्लेख भएका गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्ने आवश्यकता छ । यदि त्यसो गर्न सकिएन भने देशमा प्रतिगमनको विजय नै हुने छ । प्रतिगमनको विजयको परिणाम गणतन्त्र र धर्मनिरपेक्षताको अन्त नै हुनेछ । देशमा फेरि गणतन्त्र र धर्मनिरपेक्षताको लागि संघर्ष गर्नुपर्ने छ । त्यसमा कैयौँ युग बित्नुका साथै कैयौँ बलिदानी चढाउनुपर्ने अवस्था रहने छ ।

    अग्रगामी शक्तिहरूको पराजय भइरहेको बेला कामरेड सन्तबहादुरहरुको पनि हार नै हुन्छ । त्यसैले उहाँहरूले पनि गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि संघर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । उहाँहरूले त्यही प्रकारले आफ्नो कार्यदिशा तय गर्नुपर्ने हाम्रो सुझाव छ ।

    हाम्रो पार्टीबाट अलग हुँदै गर्दा क्रान्तिकारी लफ्फाजी दर्शाएका साथीहरूको पीडा हामीले बुझ्दछौँ । कामरेड सन्तबहादुर त्यही पीडा भोगिरहेका साथीहरूअन्र्गत भएकोले हामीले उहाँको पीडालाई पनि बुझ्दछौँ । तर कसैले पीडा गर्ने र बुझ्ने भन्दा पनि देशको तात्कालिक राजनीतिप्रतिको सही समझदारी नै मुख्य कुरा हो । हामीले देशमा प्रतिगमनका विरुद्ध संघर्ष र जनताका विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि जोड दिँदा हाम्रो पार्टीलाई दक्षिणपन्थी बताएर हल्ला गरेका साथीहरूले लफ्फाजीबाट उठेर वस्तुपरक बन्न खोज्नु स्वागतयोग्य छ ।

    त्यस प्रकारको स्वागतयोग्य मार्गमा बढ्नका लागि लज्जा गर्नुपर्ने कुनै कारण हुँदैन । हाम्रो थप सुझाव र जोड छ, ठोस स्थितिको विश्लेषण गरी ठोस कार्यनीति बनाउन उहाँहरूले अँझै प्रयत्न गर्नु हुनेछ ।

    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.