• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसी ठेक्का विवाद सुल्झाउन प्रमुख कार्यकारी अधिकृत एलिस काठमाडौंमा


  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकी परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेपाल आएकी छन् । एलिस नेतृत्वको टोली आइतबार साँझ काठमाडौं आएको हो ।

    Advertisement

    विवादित अमेरिकी परियोजना संसद्‌बाट अनुमोदन भएर कार्यान्वयनमा गएपनि ठेक्का विवादमा अड्किएको बेला एमसीसीको टोली नेपाल आएको हो ।

    एमसीसीको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

    एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन आरम्भ भएको मिति घोषणाको दिन १३ भदौमा काठमाडौं आउने चर्चा थियो । तर, उनी त्यतिबेला नआएर एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्ड काठमाडौं आएका थिए ।

    एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन।

    तीनवटा प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकामा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन्। तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका छन्। ५ वटाको वित्तीय प्रस्ताव खोल्दा न्यूनतम कबोल नै दुई तिहाईभन्दा बढीको परेको छ। यी सबै प्रस्तावक कम्पनी भारतीय हुन्।

    ठेकेदारको मिलेमतो हुनसक्ने भन्दै हालको प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्नुपर्ने अर्थमन्त्री प्रकाशशरण महतले बताएको बेला अमेरिकी टोली नेपाल आइपुगेको हो ।

    करिब ५० करोड डलरको परियोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ । तर, ठेकेदार छनोटमा भएको विलम्बले परियोजना नै अनिश्चयतिर धकेलिँदैछ । यसले नेपाल सरकारमाथि खर्चको दायित्व बढ्दै गएको छ।

    एमसीए नेपालले ३१५ किमी प्रशारण लाइनका लागि तीनवटा टुक्रामा ठेक्का आह्वान गरेको थियो । लप्सीफेदी–रातमाटे–न्यु हेटौँडाको १ सय १७ किमी, रातमाटे–न्यु दमौलीको ९० किमी र न्यु दमौली–न्यु बुटवल–न्यु बुटवलबाट भारतको सीमासम्म गरी १ सय ८ किलोमिटर ठेक्का आह्वान गरेको थियो ।

    एमसीए नेपालले निर्माण गर्न लागेको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागतमा ठेक्का निकालेको थियो । तर, बोलपत्रमा भने न्यूनतम रकमको प्रस्ताव नै ३६ करोड ५९ लाख डलर रहेको सार्वजनिक भएको थियो ।

    ठेकेदार कम्पनीबाट लागत प्रस्ताव बढी भएपछि पुनः बोलपत्र गर्ने वा उनीहरूसँगै नेगोशिएशन गर्ने भन्नेमा समस्या भइरहेको छ । सोही समस्या सुल्झाउन प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटको टोली काठमाडौं आएको हो ।

    विवादित एमसीसी परियोजना नै खारेज गर्न जनस्तरबाट विरोध भइरहेको छ तर यसलाई स्वीकार गर्न दबाब दिँदै आएको अमेरिकाले कार्यान्वयनमा समेत चासो देखाएको छ ।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.