• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ठीक छ जनताले भोट दिएनन् तर एमसीसी विरुद्धको नीति बदलिन्न


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    यो सानो आलेख हामीले नेकपा(समाजवादी)का अध्यक्ष कामरेड माधवकुमार नेपालको आलोचना गर्नका लागि नभएर वास्तविकतालाई स्पष्ट गर्नका लागि प्रस्तुत गरेका छौँ । कामरेड माधवकुमार नेपालले आफ्ना पार्टी निकट एउटा संगठनको कार्यक्रममा एमसीसीबारे बोलेका कुरा असोज १ गते सञ्चार माध्यममा प्रसारित भएको थियो । उहाँले एमसीसीको व्याख्यात्मक घोषणा नगरेको भए नेपालको हात तल पर्ने र देशकै स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने थियो भनेर बताएको कुरा सञ्चार माध्यममा उल्लेख छ ।

    त्यहाँ उहाँले यो पनि बताएको उल्लेख छ : “एमसीसी विरोधकै आधारमा हुने भए मोहनविक्रमजीहरूको पार्टीलाई सारा देशका जनताले भोटैभोट खसालेर सय सिट दिन्थे । हुँदो रहेनछ ।” उहाँको भनाइ स्मरण गर्न लायक रहेको छ । त्यो सिलसिलामा उहाँले यो कुरा पनि बोलिदिएको भए अझ सर्वदा स्मरण गर्न लायक हुन्थ्यो, जस्तो कि “मोहनविक्रमको पार्टीले सँधै देश र जनताका पक्षमा आवाज उठाउँछ । सदनमा पनि त्यही कुरा गर्छ, सडकमा पनि त्यही कुरा गर्छ । आन्दोलन पनि त्यसैका लागि गरिरहेको हुन्छ । त्यसरी देश र जनताका हितमा समर्पित भएर हुने भए मोहनविक्रमको पार्टी (नेपाल कम्युनिस्ट पार्टी (मसाल) नै सत्तामा हुने थियो । चित्रबहादुर के.सी. देशका प्रधानमन्त्री हुने थिए र उनीहरूको स्वच्छ छविले देश चलाइरहेको हुन्थ्यो । तर ती कुराले हुँदो रहेनछ ।” (यो कुरा उहाँले भन्नुभएन र आफूलाई आवश्यक भएजति मात्र भन्नुभएको हुन सक्छ) तर उहाँले भनेको भएपनि नभएपनि उहाँले एमसीसी सम्बन्धी मोहनविक्रमको पार्टीबारे जुन धारणा राख्नु भयो, त्यसको अर्थ यही नै हुन्छ ।

    चुनावमा धेरै सिट ल्याउने तरिका अर्कै छ । सबैलाई थाहा भएको कुरा हो । त्यो कुरा कामरेड माधवकुमार नेपाललाई पनि राम्ररी थाहा छ । अहिले बलिदानी र संघर्षको लामो इतिहासबाट अगाडि बढेको नेपाली राजनीतिको मूलधार डगमगिएको अवस्था छ । त्यसको फाइदा न प्रारम्भका लागि योगदान छ, न त स्थापनाका लागि नै, तर जसले प्रारम्भ गर्दै रगतसँग साटे स्थापनालाई– उनीहरूलाई गाली गर्ने सञ्जालका भरमा मात्र बाँच्ने पपुलिस्टहरूले सहज रूपमा लिन थालेका छन् । त्यसरी बलिदान र संघर्षको सम्पूर्ण इतिहास पपुलिस्टहरूको अगाडि पूर्ण रूपमा नतमस्तक बन्ने स्थितिको सिर्जना पनि हुन सक्दछ । तर पनि बलिदान र सत्यको निरुपण गर्नेहरूले नै बलिदान र सत्य कर्मका कारण कुनै पार्टीलाई जनताले भोट हाल्दैनन् भन्न थालेपछि देशमा जे पनि हुन सक्दछ र देश देशको रूपमा नरहन पनि सक्दछ । जनताले युगको पहिचान गर्न पूरा युग लाग्दछ । युगको पहिचान नगरेका कारण जनताले रुचाएका हिटलर, मुसोलिन, लेण्डुप दोर्जे आदि अरू कैयौँ पनि इतिहासमा उदाएका हुन् । तिनीहरूको इतिहासलाई फर्केर हेर हुन्छ । जनता के हुन् र कतिबेला मात्र उनीहरूको निर्णय सही हुन्छ भन्ने कुराको उत्तर ती घटनाबाट पाउन सकिन्छ । जनताले जेसुकै निर्णय गरून्, त्यो हाम्रो वशको कुरा होइन । हाम्रो वशको कुरा हो जनतालाई सँधै सही मार्गमा डो-याउनु । हामीले राजनीति यस प्रकारले नै गर्नुपर्दछ । त्यस प्रकारको शक्ति कुनै चुनावको बेलामा जनताले दिने भोट वा सिटबाट प्राप्त हुँदैन र त्यसरी त्यो कुरासित सत्य र आदर्शलाई साट्नु पनि हुँदैन ।

    कामरेड माधव नेपालको कुरा यदि साँचो हो भने, र जनताबाट भोट नपाएका कारण कुनै राजनीतिक शक्तिको नीति गलत भएकोले हो भन्ने निष्कर्ष हो भने, गत चुनावमा गणतन्त्र र धर्मनिरपेक्षताको लागि संघर्ष गरेका पक्ष उहाँको पार्टी र मोहनविक्रमका पार्टी लगायत हुन् । तर राजतन्त्र र हिन्दु राज्यको पक्षधर राप्रपाले उहाँको पार्टी भन्दा बढी सिट प्राप्त गरेको छ । त्यति मात्र होइन, रवि लामिछानेको पार्टीको त झन् कुनै इतिहास छैन त, तर संसदमा त्यो चौथो शक्तिको रूपमा छ । एमालेले प्रतिगमनको पक्ष लिएको थियो, त्यो संसदमा दोस्रो पार्टीको रुपमा छ । के जनताबाट यो निर्णय मोहनविक्रमको पार्टीको नीतिलाई गलत बताउनका लागि भएको हो त ? चुनावमा बढी सिट ल्याउने कुरा र सही विचारको कुरालाई तुलना गर्न त हुन्छ तर निष्कर्ष कामरेड माधवकुमार नेपालको जस्तो निकाल्नु गलत हुन्छ । कानुनी राज्यको उच्च सांस्कृतिक पद्धति अनुसार चुनाव हुने भएमा कुन पार्टीले कति सिट ल्याउन सक्दथ्यो त्यसलाई उहाँले भनेअनुसार मूल्याङ्कन वा समीक्षा गर्न बढी सम्भव हुन्थ्यो । तर अहिलेको साम्राज्यवादी युगमा हुने चुनावमा सिद्धान्त, विचार वा राजनीतिलाई मुख्य र केन्द्र मानिएको हुँदैन । प्रजातन्त्र वा लोकतन्त्रको विकास भएका मुलुकमा केही फरक भएपनि समग्रमा त्यसको स्वरुप कुरुप र घीनलाग्दो छ । तर अहिलेको राजनीतिक प्रचलनको रुपमा त्यो रहेकोले त्यसबाट फाइदा भएपनि नभएपनि त्यसमा कुनै न कुनै रुपमा सामेल हुनुपर्ने हुन्छ । कुन शक्ति अगाडि आउने हो ? त्यसबारे सही फैसला हुन निश्चय नै जनताको राजनीतिक चेतनाको आधारमा निर्धारित हुन्छ । क्रान्ति पनि जनताको राजनीतिक चेतनासित सम्बन्धित छ । जनताको चेतनाको कारणले क्रान्ति युग कति धेरै पछाडि परेको हुन्छ ? त्यसबारे मानवसमाजको इतिहासले हज्जारौ बयान दिएको छ । त्यस अर्थमा अहिले क्रान्ति हुन नसकेकोले क्रान्तिको सिद्धान्त नै गलत बताउनु सही होला ?

    यो लुकेको कुरा होइन कि हाम्रो पार्टीले लामो समयदेखि एमसीसीका विरुद्ध एकल वा संयुक्त रूपमा संघर्ष गर्दै आएको छ । भविष्यमा पनि गर्दछ । यसमा कुनै सम्झौता हुँदैन । एमसीसी पारित गर्ने बेलामा उहाँका पार्टीका कार्यकर्ताहरू पनि केही समयको लागि सडकमा आएका थिए । उहाँ स्वयम् एमसीसीलाई संसदबाट पारिेत गराउन व्यग्र भएको बेला उहाँको पार्टी सडकमा आउनु देशभक्त शक्तिहरूका लागि स्वागतयोग्य नै थियो । त्यसरी उहाँको पार्टीको सैयौँ कार्याकर्ता सडकमा आएर जुन विरोध दर्शाएका थिए, त्यसबाट थाहा हुन्छ कि उहाँको आफ्नो पार्टीमा एमसीसी विवादग्रस्त थियो । उहाँको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले लगातार एमसीसीको विरोध गरिरहनुभएको कुनै लुकेको कुरा होइन । त्यो जे भएपनि कामरेड माधवकुमार नेपाल एमसीसीको पक्षधर भएको कुरा पटकपटक सार्वजनिक हुँदै आएको छ ।

    हामीले स्वीकार गर्दछौँ कि हामीलाई जनताले मत दिएनन् र एमसीसी पक्षधर तथा संघीयतावादीहरुलाई नै मत दिए । त्यसका साथै अमेरिकी साम्राज्यवादी तत्व र राजतन्त्रवादीहरूलाई जनताले रुचाए । त्यो आफ्नो ठाउँमा छ । तर त्यही कारणले हाम्रा सही नीतिलाई हामीले बदल्न सक्दैनौँ । किनभने हामीले गर्ने राजनीति बमोजिम अर्थात सही राजनीतिक नीति बमोजिम जनतालाई राजनीतिमा सामेल गराउनु हो । हामीले कामरेड माधवकुरमार नेपाललाई पनि त्यही अनुसार सत्कर्म गर्न अनुरोध गर्दछौँ । यो सानो आलेख हामीले उहाँको आलोचना गर्नका लागि नभएर वास्तविकतालाई स्पष्ट गर्नका लागि प्रस्तुत गरेका हौँ ।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.