काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को तेस्रो साहित्यिक पदयात्रा सम्पन्न भएको छ ।
२०८० असोज १३ गते शनिबारका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्म सो कार्यक्रम सम्पनन भएको हो ।
साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा अझ ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको अन्पाका महासचिव भीष्म जोशीले बताउनुभयो ।

पदयात्राको क्रममा ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट चार किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको थियो ।
कार्यक्रममा स्रष्टाहरूले विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्यलगायत प्रस्तुति गरेका थिए ।
पदयात्रामा समीर सिंह, भीष्म जोशी, घनश्याम न्यौपाने, हेमराज आश्रम, नेत्र राना, इन्द्र मल्ल, मेष्मा पुन, कविता चौधरी, इसु भट्ट, निलम सिँजाली, हरि सर्तुङी, एलिसा सिँजाली, बेली सिँजाली, सुप्रभात कार्की, सङ्घर्ष न्यौपाने, सान्वी जोशीलगायतको सहभागिता रहेको थियो ।
