• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कृत्रिम अभाव र कालोबजारी रोक्न चार किसान संगठनको माग


  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघ सहित चारवटा किसान संगठनले कोरोना प्रकोपका नाममा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको भन्दै त्यसलाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    Advertisement

    महामारीको सन्त्रासबाट अबाञ्छित फाइदा उठाउँदै खाद्यान्न, ग्यास, फलफूल, तरकारी, पेट्रोल, सर्जिकल माक्स आदिको समेत कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य बृद्धि गर्ने र जनतालाई सिधै ठग्ने काम भइरहेको किसान संगठनहरुले जनाएका छन् ।

    चार वटा किसान संगठनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा त्यसको कडाईका साथ नियन्त्रण गर्न, त्यस्ता अपराधिमाथि तत्काल कडा कारबाही गर्न र जनतालाई दैनिक उपभोगका नभइ नहुने खाद्यान्न लगायतका सामानहरुको अभाव र मूल्य बृद्धि हुन नदिन माग गरिएको छ ।

    अखिल नेपाल किसान महासंघ(अप्फा) का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाले जारी गर्नुभएको संयुक्त वक्तव्यमा भनिएको छ,

    ‘घातक महामारीको रुपमा बिश्वभरी नै फैलिएको कोरोना भाइरसले आज बिश्वका १५३ देश र क्षेत्रलाई गाँजेको र आक्रान्त पारेको छ । मृतकको संख्या ६ हजार पुग्न थालेको छ र संंक्रमितको संख्या १ लाख ५७ हजार पुग्न थालेको छ ।

    यस भयावह स्थितिमा बर्तमान सरकारले यो घातक रोग देशमा फैलिन नदिन र कथंकदाचित रोग फैलिहाले त्यसलाई समयमै सही र सुरक्षित किसिमले नियन्त्रण र उपचार गरेर निको पार्ने तत्परता, तदारुखता र प्रभावकारिता पटक्कै देखाउन सकेको छैन । बरु रोग लागे जनताले आफै क्वारेण्टाइनमा बस्नु पर्ने सरकारले केही गर्न नसक्ने भन्ने जस्ता अभिब्यक्ति दिएर बिश्वब्यापीरुपमा फैलदो यो ब्याधीबाट सन्त्रस्त जनतालाई झनै आतंकित पार्ने र राज्यको जिम्मेवारी नै नभएको जस्तो ब्यबहार देखाउने कार्य चरम लापरबाही अत्यन्तै गैर जिम्मेवार तथा जनताको स्वास्थ्यप्रति खेलबाड गर्ने कुरा हो । यस्तो गतिबिधिप्रति हामी रोष प्रकट गर्दै घोर बिरोध गर्दछौ र जनताप्रति जिम्मेवार हुन र उनीहरुको जीवनको रक्षा गर्न राज्य र सरकार सबै किसिमले प्रस्तुत हुनु पर्दछ भन्ने जोडदार माग गर्दछौं ।

    हरेक किसिमले सक्षम र उन्नत देशहरुले समेत यो ब्याधिका बिरुद्ध ब्यापक कदम उठाइरहेका बेला हाम्रो जस्तो कमजोर अर्थतन्त्र, क्षमता र दक्षता भएको देशले समयमै यस्तो ब्याधीलाई नियन्त्रण गर्ने, फैलिन नदिने र उपचार गर्ने पूर्बाधार तयार नगर्ने हो भने त्यसले भयावहरुप लिने कुरा निश्चित छ ।

    तसर्थ अहिले खाशगरी भारतमा फैलदो र बढ्दो यो रोगको प्रकोपलाई ध्यानमा राखेर खुल्ला सीमानाकाको आवत जावतलाई ब्यबस्थित गर्ने, लगत राख्ने, हेल्थ डेक्स राख्ने र त्यसलाई सशक्त र प्रभावकारी बनाउन सबै स्तरका चिकित्सकहरुलाई आबश्यकता अनुसार चलायमान गराउने, आयातित सामानलाई पनि क्वारेण्टाइमा राखेर मात्र भित्रिन दिने र प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रि उडान र आवात जावातलाई पनि कडा निगारनीमा राख्नेदेखि बन्द नै गर्नु पर्ने स्थिति भएकोले अन्तर्राष्ट्रिय बिमान स्थलमा पनि उच्च प्रभावकारी हेल्थडेस्क लगायतको आवश्यक प्रबन्ध गर्न सरकार युद्ध स्तरमा प्रस्तुत होस् भन्ने हामी जोडदार माग गर्दछै ।

    यसका साथै यो महामारीको सन्त्रासबाट अबाञ्छित फाइदा उठाउदै खाद्यान्न, ग्यास, फलफूल, तरकारी, पेट्रोल, सर्जिकल माक्स आदिको समेत कृतिम अभाव सिर्जना गर्ने, चर्को मूल्य बृद्धि गर्ने र जनतालाई सिधै ठग्ने जुन काम भइरहेको छ त्यसको कडाईका साथ नियन्त्रण गर्नु त्यस्ता अपराधीमाथि तत्काल कडा कारबाही गर्न र जनतालाई दैनिक उपभोगका नभइ नहुने खाद्यान्न लगायतका सामानहरुको अभाव र मूल्य बृद्धि हुन नदिन पनि हामी चार किसान संगठनहरु संयुक्तरुपमा जोडदार माग गर्दछौं । अन्यथा स्थिति अनियन्त्रित भएर गए त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने कुरा प्रष्ट पार्न चाहन्छौ ।’

    आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.