काठमाडौँ । अखिल (छैठौं) को केन्द्रीय परिषद् आज २०८० असोज १२ गते शुक्रबारदेखि सुरु हुँदै छ । परिषद्को उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ ।
Advertisement
अध्यक्ष देवेन्द्र कुँवरका अनुसार दिउँसो १२ बजे कीर्तिपुर काठमाडौँको त्रिवि अडिटोरियम हलमा सो कार्यक्रम सम्पन्न हुने छ ।
भोलि असोज १३ गतेसम्म चल्ने परिषद्मा शैक्षिक विषय, राष्ट्रियता, सङ्गठनसहितका आगामी कार्यक्रम तय गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।
परिषद्मा भाइचारा सङ्गठनलाई पनि अतिथिको रूपमा निमन्त्रणा गरिएको उहाँले जानकारी दिनुभयो ।