हेम बिजी, चिदम्बरम (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिअन्तर्गत कल्लाकुर्ची एरिया समितिको दसौँ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य बालाकृष्ण गायकको प्रमुख आतिथ्यमा सेप्टेम्बर २७, २०२३ बुधबारका दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सो अवसरमा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि गायक मूल प्रवाह सम्पूर्ण भारतस्थित प्रवासी नेपालीको स्पष्ट लक्ष्य र उद्देश्य बोकेको एक मात्र साझा सङ्गठन भएको दाबी गर्नुभयो ।
‘कथित अखिल भारत नेपाली एकता समाज फुटपरस्तको समूह हो र त्यसले भारतस्थित नेपालीमाझ भ्रम छर्ने काम गरिरहेको छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नगर सदस्य गोकुलबहादुर गायकले पनि मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनले तोयनाथ शर्मा अध्यक्ष रहनुभएको एक स्थान रिक्तसहित नौ सदस्सीय एरिया समिति चयन गरेको छ ।
समितिको सचिवमा जीवन शर्मा, कोषाध्यक्षमा रमाकान्त शर्मा तथा सदस्यहरूमा खेमप्रसाद शर्मा, नारायण शर्मा, गुमादेवी शर्मा, सीता नेपाली र होमसिंह नेपाली रहनुभएको छ ।
नयाँ समितिकालाई क्षेत्रीय सदस्य नारायण शर्माले बधाई दिनुभएको थियो ।
जीवन शर्माको उद्घोषक तथा तोयनाथ शर्माको अध्यक्षता रहेको सम्मेलनमा उपस्थित जनसमुदायलाई रमाकान्त शर्माले स्वागत गर्नुभएको थियो ।