• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तरविरोधको निष्कर्ष


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    कुनै वस्तुको विकासको मूल कारण त्यसभित्र रहेको अन्तरविरोध हो । अरू वस्तुसँग हुने सम्बन्ध र आपसका प्रभाव त्यसको विकासका सहायक कारण हुन् । सहायक कारण या सहायक कारणबाट वस्तुमा यान्त्रिक गति या नाम र मात्रामा हेरफेर मात्र हुन सक्छ, एउटा वस्तु अर्कोमा फेरिने कारण खुलाउन वा प्रष्ट्याउन सक्दैन ।

    समाजभित्रका अन्तरविरोध अथवा उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच रहेका अन्तरविरोध, वर्गबिच रहेका अन्तरविरोध र नयाँ–पुरानाबिच रहेका अन्तरविरोध नै समाज हेरफेरका मूल कारण हुन् । यी अन्तरविरोधको विकासले समाजलाई अगाडि घचेट्छ । बाहिरी कारणहरू परिवर्तनका शर्त मात्र हुन् भने भित्री कारण परिवर्तनका आधार हुन् । बाहिरी कारणहरू भित्री कारणमार्फत् नै क्रियाशील हुन्छन् ।

    क्रान्तिलाई विजयको अवस्थासम्म पुर्‍याउन राजनीतिक पार्टीहरूको सही सिद्धान्त, राजनीतिक लाइन र आफ्नो सङ्गठनको ठोस अवस्था वा अनुशासित र मिलिट्यान्सीसहितको खदिलो अवस्थामा भर पर्नुपर्दछ । वस्तुहरूको आन्तरिक एकता र अन्तरविरोधको नियमलाई बुझ्नुपर्छ ।

    अन्तरविरोधको विशिष्टतामा नै अन्तरविरोधको सार्वभौमिकता रहन्छ । अन्तरविरोधको सार्वभौमिकता वा निरपेक्षताका दुईओटा अर्थ छन् : एउटा– वस्तुहरूको विकासको प्रक्रियामा अन्तरविरोध रहिरहन्छ† अर्को विपरीत तत्त्वको गति सुरुदेखि अन्त्यसम्म रहिरहन्छ । गति आफै एउटा अन्तरविरोध हो । लेनिनले भनेका छन्– ‘प्रकृतिका सबै वस्तु र घटनामा अन्तरविरोधपूर्ण विपरीत प्रकृतिलाई चिन्नु द्वन्द्ववाद हो ।’

    भेद स्वयम् नै अन्तरविरोध हो । श्रम र सम्पत्तिको व्यक्तिगत स्वामित्वबिच अन्तरविरोध छ । अन्तरविरोध सर्वव्यापी र निरपेक्ष हुन्छ । सबै वस्तु र घटनाको हुर्काइको प्रकृयामा सामेल हुन्छ । नयाँ प्रकृया उदाउन थाल्दा नयाँ एकता र त्यसका सङ्गठक विपरीत तत्त्वले नयाँ ठाउँ ओगट्छन् । नयाँ प्रकृयामा नयाँ अन्तरविरोध हुन्छ । आफ्नै अन्तरविरोधको विकासको इतिहास सुरु हुन्छ । आफ्नो क्रान्तिको इतिहास र हालको स्थिति ठिक ठिक विश्लेषण गर्न सके मात्र भविष्यको ठिक ठिक निष्कर्ष निकाल्न सकिन्छ ।

    विश्वमा गतिमान पदार्थबाहेक अरू केही छैन । पदार्थको गतिको कुनै न कुनै रूपमा हुन्छ । वस्तुहरूको विषयमा हाम्रो ज्ञानको आधार त्यसमा र गतिका अन्य रूपमा साझा रहने गतिको विशिष्टता हो । गतिको एउटा रूप र अरू रूपमाझको गुणात्मक फरकलाई ध्यानमा राखेर वस्तुमा फरक छुट्याउन सक्छौँ ।

    गतिको कुनै पनि रूपभित्र आफ्नो विशिष्ट अन्तरविरोध हुन्छ । त्यसले विशेष स्वत्वलाई निश्चित गर्छ । त्यसैबाट अरू सबै वस्तुभन्दा फरक हुन्छ । विशिष्ट स्वत्व आफ्नो विशिष्ट अन्तरविरोधबाट निर्धारित हन्छ । यो समाजमा र विचारधाराको घटनामा पनि लागु हुन्छ । समाजका हरेक रूप र विचारधाराका हरेक प्रणालीको आआफ्नो विशिष्ट अन्तरविरोध र त्यसको आफ्नो विशिष्ट स्वत्व हुन्छ ।
    विज्ञानका हरेक हाँगामा एउटा खास अन्तरविरोध रहेको हुन्छ, साथै एउटा खास स्वत्व पनि रहेको हुन्छ । अन्तरविरोधको सार्वभौमिकतालाई नबुझी सार्वभौमिक आधारको पत्तो पाउन सक्दैनाँै तर अन्तरविरोधको विशिष्टताको अध्ययन नगरी स्वत्वको पत्ता पाउन सक्दैनौँ । वस्तुविशेषको ज्ञानबाट सामान्य वस्तुको ज्ञानतर्फ पाइला पाइला गरी विकसित हुन्छ । विशिष्ट स्वत्वलाई बुझेपछि मात्रै मान्छे सामान्यतर्फ झर्न सक्छ ।

    सामान्य स्वत्वलाई बुझेपछि त्यो ज्ञानलाई पथप्रदर्शकको रूपमा प्रयोग गर्दै पूरा पूरा अध्ययन नगरिएका ठोस वस्तुहरूको अध्ययन गर्नेतर्फ र विशिष्ट स्वत्वको भेद पाउनेतर्फ अध्ययन अगाडि सर्छ । तब सामान्य स्वत्वबारे आफ्नो ज्ञानलाई हुर्काउन/बढाउन सकिन्छ ।

    ज्ञान प्राप्त गर्ने दुई प्रकृयाहरू विशिष्टबाट सामान्यतर्फ अघि बढ्नु र सामान्यबाट विशिष्टतर्फ फर्कनु हुन् । अन्तरविरोधको सार्वभौमिकता र बेग्लाबेग्लै वस्तुको सामान्य स्वत्वलाई बुझ्नुभन्दा अगावै अन्तरविरोधको विशिष्टताको अध्ययन गरेर विशेष सत्वलाई बुझ्नुपर्ने कुराको ख्याल नगर्दा गल्ती हुन जान्छ । अर्कोतिर, सामान्य स्वत्वबारे जानेपछि ठोस वस्तुको अध्ययन गर्न अल्छी गर्दा पनि कमजोरी हुन्छ । गहकिलो अध्ययन गर्नबाट पन्छिएको ठहर्छ । त्यसबाट सत्यमा पुग्ने सामान्य क्रमलाई वास्ता नगर्ने र उल्टो पार्नेसमेत काम हुन्छ । त्यसबाट माक्र्सवादी सिद्धान्त छाडिएको हुन्छ ।

    हाम्रो अध्ययनमा पदार्थको गतिका रूपको हरेक बृहत् प्रणालीमा रहेको विशिष्ट अन्तरविरोध, त्यसबाट निर्धारित भएको स्वत्वको अध्ययनका साथै विकासको लामो अवधिमा विशिष्ट अन्तरविरोध र हरेक प्रक्रियाको स्वत्वको अध्ययन पनि समावेश गर्नुपर्छ । त्यसो गर्दा वास्तविक प्रकृया गुणात्मक रूपले फरक हुन्छ । गुणात्मक रूपले फरक रहेका अन्तरविरोधको फस्र्योट गुणात्मक रूपले फरक जुक्तिबाट मात्रै गर्न सकिन्छ । हरेक अन्तरविरोधका दुवै पक्षका आआफ्ना विशिष्टता हुन्छन् ।

    कुनै समस्याबारे अध्ययन गर्दा मनोगतवाद, एकलकाँटेपना र टपर्टुइयाँपनाबाट जोगिनुपर्छ । कुनै अन्तरविरोधका दुवै पक्षका विशिष्टतालाई बुझ्नुपर्ने हुन्छ । विशिष्ट सार्वभौमसित एकजुट हुने हुनाले र हरेक वस्तुमा अन्तरविरोधको विशिष्टता सँगसँगै सार्वभौमिकता पनि रहने हुनाले सार्वभौमिकता विशिष्टतामा बास गर्छ । सामान्य स्वरूप र विशिष्ट स्वरूप निरपेक्षता र सापेक्षताबारे रहेको सत्यता नै वस्तुमा पाइने अन्तरविरोध समस्याको भित्री सार हो ।

    मुख्य अन्तरविरोध र कुनै खास अन्तरविरोधको पनि मुख्य पक्षको राम्रो अध्ययन गर्नुपर्छ । धेरैमध्ये एउटा मुख्य अन्तरविरोधले अस्तित्व र विकासलाई निर्धारित वा प्रभावित गर्दछ । विकासको प्रक्रियाको हरेक अर्थमा एउटै मात्रै अन्तरविरोध मुख्य अन्तरविरोध हुन्छ । त्यसैले सबैभन्दा प्रमुख काम गरिरहेको हुन्छ । दुई वा त्योभन्दा बढी अन्तरविरोध भए पनि मुख्य अन्तरविरोधमा प्रभुत्व कायम गर्ने मुख्य पक्ष हुन्छ । त्यसैले त्यो वस्तुको स्वरूपलाई निर्धारण गर्छ । यस्तो स्थिति स्थिर नभई अन्तरविरोधका मुख्य पक्ष र सहायक पक्ष एकअर्कामा फोरिएर वस्तुको स्वरूप पनि फेरिन जान्छ । विशेष गरी अन्तरविरोधको मुख्य पक्षबाट नै वस्तुको स्वरूप निर्धारित हुन्छ । त्यसैले आफ्नो हैकम स्थापित गर्छ । मानसिक स्थितिको भौतिक स्थितिमा, सामाजिक चेतनाको सामाजिक अस्तित्वमा र माथिल्लो बनौटको आर्थिक आधारमा पनि प्रतिक्रिया पर्दछ । अन्तरविरोधभित्र रहेका असमानताको विभिन्न अवस्थाको मुख्य अन्तरविरोध र समातहतका अन्तरविरोधको र कुनै अन्तरविरोधको मुख्य पक्ष र मातहतका पक्षको जाँचबुझ गर्न ध्यान दिनुपर्ने वास्तविकता हो ।

    अन्तरविरोधको एकरूपता र आपसी तानातानका समस्याको अध्ययन गर्नुपर्छ । कुनै वस्तुको विकासको प्रक्रियामा हरेक अन्तरविरोधका दुवै पक्षमध्ये हरेक पक्षको अस्तित्वका लागि अर्को पक्षको अस्तित्व अनिवार्य हुन्छ । दुवै पक्षको सहअस्तित्व एउटै एकाइमा रहन्छ । विशेष परिस्थितिमा दुवै अन्तरविरोधी पक्षमध्ये प्रत्येक पक्ष एकार्कोको विरोधी पक्षमा फेरिन पुग्छ । यो एकरूपता हो ।

    विपरीत तत्वमा एकरूपता हुने, एकरूपतामा आइपुग्ने, एकार्कामा फेरिँदै एकरूप हुने परिस्थिति मानिसले विपरीत तत्वलाई ज्युँदो, परिस्थितिबद्ध र गतिशील वस्तुको रूपमा लिएर एकार्कामा फेरिने कुरासमेत द्वन्द्ववादको शिक्षाअन्तर्गत पर्दछ ।

    साधारण प्रक्रियामा पाइने विपरीत तत्व एक जोर मात्रै हुन्छन् तर जटिल प्रक्रियामा भने ती एक जोरभन्दा बढी हुन्छन् । विपरीत तत्वका जोडी अर्को जोडीका विरोधी हुन्छन् । यसरी वस्तुगत संसारको र मानव चिन्तनको सृजना भएर गतिशील भइरहन्छ ।

    हरेक विरोधी पक्ष अर्को पक्षको अस्तित्वको निम्ति एउटा नभई नहुने हुन्छ । एकरूपताको पहिलो अर्थ यही हो । विशेष परिस्थितिमा परस्पर विरोधी पक्ष आफ्नो विपरीत पक्षमा फेरिन पुग्छन् । आफ्नो विपरीत पक्षको स्थितिमा पुग्न जान्छन् । एकरूपताको यो अर्को अर्थ हो ।

    कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा क्रान्तिकारी पल्टन खडा गरेर क्रान्तिकारी युद्ध थाल्नु युद्धलाई नै सधैँका निम्ति निमिट्यान्न पार्ने परिस्थिति तयार गर्ने हो । यी विपरीत तत्वहरू एकसाथै एकार्काका पूरक पनि हुन् । प्रतिक्रियावादी र आध्यात्मवादीका भ्रमात्मक मतलाई उदाङ्गो पारिदिनु, पोल खोलिदिनु, वस्तुमा रहेको द्वन्द्वात्मकताको प्रचार गर्नु, वस्तु रूपान्तरणको गतिलाई बढाउनु र क्रान्तिको उद्देश्य प्राप्त गर्नु कम्युनिस्टको कर्तव्य हो ।

    आवश्यक विशेष परिस्थितिमा नै विपरीत तत्वमा एकरूपता रहन्छ । आवश्यक विशेष परिस्थिति कुनै किसिमको पनि एकरूपता हुन सक्दैन । बेला बेलाका ठोस परिस्थिति र आवश्यक परिस्थिति रहेमा मात्र वस्तुविकासको प्रक्रियामा केही अन्तरविरोध जन्मन्छन् । त्यसमा रहेका विपरीत तत्त्वहरू एकार्कोमा भर परेर बस्छन् । एकार्कोमा फेरिन पुग्छन् नत्र त कुनै कुरा पनि सम्भव हुने छैन ।

    लेनिनका अनुसार “विपरीत तत्त्वको एकता परिस्थितिबद्ध अस्थायी सङ्क्रमणकालीन र सापेक्ष हुन्छ । विकास र गति निरपेक्ष भए झैँ एकार्काबाट छुट्टै विपरीत तत्त्वको सङ्घर्ष पनि निरपेक्ष हुन्छ ।”

    सबै प्रकारका वस्तुको र घटनाको उत्पत्ति र अन्त्य हुन्छ । सबै प्रकृयाहरू आफूभन्दा उच्च प्रकृयामा फेरिँदा देखा पर्ने परिवर्तन निरपेक्ष हुन्छ । विपरीत तत्त्वको एकता परिस्थितिबद्ध, अस्थायी र सापेक्ष हुन्छ तर एकार्काबाट छुट्दा विपरीत तत्त्वको सङ्घर्ष निरपेक्ष हुन्छ । दुई विपरीत वस्तुहरू एउटै एकाइमा सँगसँगै बस्न सक्छन् । एकार्कामा फेरिन पनि सक्छन् । अन्तरविरोधको एकरूपता एउटा विशेष परिस्थितिमा मात्रै हुने हुनाले हामी एकरूपतालाई पनि स्थितिबद्ध र सापेक्ष भन्दछौँ । कुनै प्रकृयाको सुरुदेखि अन्तिमसम्म चलिरहने सङ्घर्ष एउटा प्रकृयालाई अर्कोमा फेर्ने कारण बन्दछ । यो प्रक्रिया हरेक ठाउँमा सामेल हुन्छ । परिस्थितिबाट फुक्का पनि हुन्छ र निरपेक्ष हुन्छ । परिस्थितिबद्ध सापेक्ष एकरूपता र परिस्थितिबाट फुक्का निरपेक्ष सङ्घर्षको मिसावटबाट सबै वस्तुमा पाइने विपरीत तत्त्वको गति बनेको हुन्छ ।

    एकरूपतामा सङ्घर्ष नभई कुनै एकरूपता सम्भव हुन्न । एकरूपतामा सङ्घर्ष रहन्छ । विशिष्टतामा सार्वभौमिकता रहन्छ । निजी स्वरूपमा सामान्य स्वरूप रहन्छ । लेनिनले भनेका छन्– “सापेक्षतामा निरपेक्ष बसेको हुन्छ ।” विकासको गति सरलबाट जटिलतातिर बढ्दै जान्छ भन्दा अन्तरविरोधमा पनि त्यो प्रक्रिया लागु हुन्छ ।

    प्रतिष्पर्धा गर्दा विरोधी पक्षको गति परस्पर विपरीत दिशातिर गतिशील हुन्छ र एउटाले अर्काभन्दा अघि बढ्ने गरी प्रतिस्पर्धा गरिरहेका हुन्छन् । त्यही सिलसिलामा अर्कालाई कहिल्यै भेट्याउन नसक्ने गरी विजयी बन्ने प्रतिष्पर्धा हो । निरपेक्ष भनेकै सबै अरूसँग तुलना गर्नुनपर्ने तुलनात्मक मूल्याङ्कन गर्नुनपर्ने भन्ने हो । एउटा अर्कोसँग तुलना गरेर मूल्याङ्कन गरिने पक्ष अर्को तुलना गर्नुनपरे, तुलना गर्न नसकिने पक्ष एकसाथ रहन्छन् ।

    वस्तुको ठोस विकासअनुसार प्रारम्भमा शत्रुतापूर्ण भएका अन्तरविरोध पछि हुर्किएर शत्रुतापूर्ण नहुने र शत्रुतापूर्ण नभएका अन्तरविरोध हुर्कदै जाँदा शत्रुतापूर्ण हुन सक्छन् । सुरुमा केही विषयमा शत्रुतापूर्ण अन्तरविरोधका रूपमा प्रकट नहुन पनि सक्छन् तर वर्गसङ्घर्षको विकाससितै हुर्केर ती शत्रुतापूर्ण बन्न सक्छन् । एकातर्फ पार्टीले गलत विचारको खिलाफमा गम्भीर सङ्घर्ष थाल्नुपर्छ† अर्कोतिर, गल्ती गर्ने साथीहरूलाई आफ्ना गल्ती बुझ्न आँखा खोली चल्नका लागि प्रशस्त मौका दिनुपर्छ ।

    लेनिनले भनेका छन्– “शत्रुता र अन्तरविरोध एउटै कदापि होइनन् । समाजवादमा पहिलो समाप्त हुन्छ दोस्रो भने रहिरहन्छ ।” त्यसको अर्थ शत्रुता विपरीत तत्त्वका माझ हुने सङ्घर्षको फगत एउटा रूप त हो तर त्यसको जम्माजम्मी रूप होइन । शत्रुताको सूत्रलाई हामीले हरेक ठाउँमा जथाभावी लगाउन सक्दैनौँ ।

    विपरीत तत्त्वको एकताको नियम प्रकृति र समाजको आधारभूत निमय हो । यो चिन्तनको पनि आधार नियम हो । सबै प्रक्रियामा सुरुदेखि अन्तसम्म व्याप्त रहन्छ । यो अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता हो । अन्तरविरोधका आआफ्ना विशिष्टता हुन्छ ।

    विशिष्टता र सापेक्षता यही हो । कुनै खास परिस्थितिमा विपरीत तत्त्वमा एकरूपता उब्जन्छ र एउटै एकाइमा सँगसँगै मिलेर बस्न सक्छन् । एकार्कामा फेरिन सक्छन् । यो पनि अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता नै हो ।

    सापेक्षता र विशिष्टताको जाँचबुझ गर्दा मुख्य अन्तरविरोध र मातहतको अन्तरविरोधको फरक मुख्य पक्ष र मातहतको पक्षको फरकमा ध्यान पुर्‍याउनपर्छ । अन्तरविरोधको सार्वभौमिकता र विपरीत पक्षको तार्किक अध्ययन गर्दा तानातानका विभिन्न थरी रूपको माझका भिन्नतामा ध्यान दिनुपर्छ । त्यसो नगरे गल्ती हुन जान्छ । अन्तरविरोधको अध्ययनबाट हामी यिनै निष्कर्षमा पुग्छौँ ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.