शंकरप्रसाद पोख्रेल, रुपन्देही हरैया ।
राष्ट्रिय जनमोर्चाले रुपन्देहीको कञ्चन गाउँपालिकामा सदस्यता अभियान सुरु गरेको छ ।
पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने भन्दै एतिहासिक तीन अभियानअन्तर्गत २०८० असोज १० गते बुधबार सोे कार्यक्रम सञ्चालन भएको हो ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिकाबाट सुरु भएको सो कार्यक्रमको प्रमुख अतिथि राजमो जिल्ला अध्यक्ष टानबहादुर केसी तथा विशिष्ट अतिथि वामपन्थी नेता चेतनाथ आचार्य हुनुहुन्थ्यो ।
सो अवसरमा राजमो जिल्ला नेता लालबहादुर क्षेत्री, हरि राहादी, तुलसिराम शर्मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्षका चन्द्रबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमा राजमो जिल्ला अध्यक्ष केसीले ६८ वर्षीया कर्णदेवी थापालाई राजमोको सदस्य दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

लीलाराम खनालको अध्यक्षतमा सम्पन्न कार्यक्रमअन्तर्गत आजै तीनकुनेमा नरबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय टोल समिति गठन गरेको प्राप्त समाचारमा उल्लेख छ ।