• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध एकगठ हुन राजमोको अपील


  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान असफल पार्ने षडयन्त्रविरुद्ध एकगठ हुन सम्पूर्ण जनतासित अपील गरेको छ ।

    Advertisement

    नवौं संविधान दिवसका अवसरमा विज्ञप्ति प्रकाशित गर्दै राजमोले वर्तमान संविधानविरुद्ध विभिन्न प्रतिक्रियावादी कोणबाट आक्रमण भइरहेको उल्लेख गरेको छ ।

    जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा गणतन्त्र र धर्मनिरपेक्षतासहितको लाकतान्त्रिक संविधान बनेको स्पष्ट पार्दै राजमोले संविधानको रक्षामा जोड दिएको छ । साथै, २०६२/०६३ सालको जनआन्दोलनको मागविपरित आएको संघीयतालाई खारेज गर्नुपर्नेमा पनि राजमोको जोड छ ।

    यस्तो छ, अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्य
    संविधान दिवसको अवसरमा नेपालको लोकतान्त्रिक वाम आन्दोलनमा राजनीतिक परिवर्तनका लागि आफ्नो प्राणको आहुति गर्ने महान शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

    संविधानसभाबाट संविधानको निर्माण नेपाली जनताको सात दशक लामो चाहना यसै संविधान मार्फत् पुरा भएको छ । त्यसैले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संविधानसभाबाट जारी भएको संविधानलाई समर्थन गर्ने नीति अपनाएको छ । संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई हामीले समर्थन गर्नुका साथै ती उपलब्धिहरुको रक्षामा जोड दिएका छौँ ।

    त्यसका साथै संविधानमा जनताका चाहना विपरीत तथा ०६२÷०६३ को जनआन्दोलनको माग नै नभएको संघीयता लगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरुको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ । विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधान विपरीत दुई–दुईपटक संसद विघटन गरी संविधानको मूलआत्मामाथि प्रहार गरेको थियो ।

    अहिले पनि एमाले त्यो नीतिबाट पछाडि हटेको छैन । गणतन्त्रवादी शक्तिहरुको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरुले प्रतिगामी दिशा दिनका लागि पुरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।

    संविधानसभाबाट संविधानको निर्माण आफैमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ परिघटना हो । त्यो परिघटनालाई निस्तेज तुल्याउन विभिन्न प्रतिक्रियावादी शक्तिहरु क्रियाशील भैरहेको अवस्थामा ती जनविरोधी शक्तिहरुको संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गर्दछौँ ।

    अन्तमा संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
    धन्यवाद !
    २०८० असोज ३ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

    बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.